Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा १८ अंकको गिरावट, ४ अर्ब ५ करोडको कारोबार

अर्थ संसार

मंगलबार, ०४ असार २०८१, १५ : २४ मा प्रकाशित

सेयर बजारमा १८ अंकको गिरावट, ४ अर्ब ५ करोडको कारोबार

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १८.७६ अकंले घटेर २०७६.४९ बिन्दुमा बन्द भएको छ । यसदिन ३१८ कम्पनीको ९५ लाख ४४ हजार ७३४ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ५ करोड ५७ लाख रुपैयाँको कारोबार भएको छ ।

आज सबैभन्दा धेरै बरुण हाइड्रोपावर कम्पनीको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ११ करोड २७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । सिइडिबी हाइड्रोको ११ करोड १३ लाख रुपैयाँको सेयर  कारोबार भएको छ । एनआरएनको १० करोड ३७ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै समाज लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । माण्डु हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ७ प्रतिशतका दरले कमाएका छन् । विन नेपाल लघुवित्तका लगानीकर्ताले ६ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था र कुथेली बुखरीका लगानीकर्ताले गुमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको