Like us!
Follow us!
Connect us!
Watch us!

टेलिकमको एमडी बन्न १७ जनाको आवेदन

अर्थ संसार

बुधबार, ०५ असार २०८१, ११ : ३७ मा प्रकाशित

टेलिकमको एमडी बन्न १७ जनाको आवेदन

नेपाल टेलिकमको प्रवन्ध निर्देशक (एमडी) पदका लागि विभिन्न १७ जना ईच्छुक देखिएका छन् । संचार तथा सूना प्रविधि मन्त्रालयका अनुसार यसअघि जेठ २२ मा खुलाएको दरखास्तमा मंगलबार अन्तिम दिनसम्म १७ जनाले आवेदन दिएका हुन् 

सूचनाअनुसार दर्ता हुन आएकाहरूमा राजेश जोशी, अनन्त प्रकाश मल्लिक, विमल आचार्य र संगीता पहाडी रहेका छन् । त्यस्तै, प्रेमप्रसाद सिलवाल, चिन्तामणि बराल, कृष्णप्रसाद भण्डारी, अनिलकुमार झा, डा. ई. शालिग्राम पराजुली र लक्ष्मणले पनि आवेदन दर्ता गरेका छन् ।

आवेदन दिने सूचीमा ई. सुभाष साह, नगेन्द्र कुमार दास, केदारनाथ कोइराला, कमल लामिछाने, रमेशप्रसाद जोशी, ई. शालिकराम सुवेदी र बुद्धिप्रसाद आचार्य पनि रहेका छन् ।

सूचनामा प्रबन्ध निर्देशक पदका लागि  दरखास्त पेस गर्ने अन्तिम दिनसम्म ३५ वर्ष पूरा भई ५८ वर्ष उमेर ननाघेको हुनुपर्ने उल्लेख थियो । त्यस्तै मान्यता प्राप्त शिक्षण संस्थाबाट वाणिज्य, व्यवस्थापन, अर्थ शास्त्र, व्यापार प्रशासन, कानुन, सूचना प्रविधि, इलेकट्रोनिक्स इन्जिनियरिङ, टेलिकम्युनिकेसन इन्जिनियरिङ कम्प्युटर इन्जिनियरिङ, सिभिल इन्जिनियरिङ वा मेकानिकल इन्जिनियरिङमध्ये कुनै विषयमा कम्तीमा स्नातकोत्तर वा सो सरहको उपाधि हासिल गरेको हुनुपर्ने योग्यताको मापदण्ड थियो। 

त्यस्तै नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको वा सोही प्रकृतिका दूरसञ्चार सेवा प्रदायक संस्था वा नेपाल सरकारको पूर्ण वा आंशिक स्वामित्व भएका संस्था र निकायमा १२ वर्षको कार्य अनुभव र व्यवस्थापकीय पदमा काम गरेको अनुभव भएको र नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको प्रबन्ध निर्देशक नियुक्ति र सेवा सुविधा सम्बन्धी (पहिलो संशोधन) निर्देशिका, २०८१ बमोजिम नियुक्ति हुन अयोग्य नठहरिने हुनुपर्ने सूचनामा उल्लेख थियो ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको