Like us!
Follow us!
Connect us!
Watch us!

बालेन शाहको नाम किटान गर्दै अमरेशले भनेः पपुलिज्मको आडमा न्याय समाप्त गर्न खोजेको हो ?

अर्थ संसार

बुधबार, ०५ असार २०८१, १२ : ५२ मा प्रकाशित

बालेन शाहको नाम किटान गर्दै अमरेशले भनेः पपुलिज्मको आडमा न्याय समाप्त गर्न खोजेको हो ?

प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहले यो गणतन्त्रिक मुलुक भएको र यहा गरिबले पनि न्यायको अनुभूति गर्नु पाउनुपर्ने बताएका छन् । सिंहले पपपुलिज्मको नाममा दुनियाँमा तानाशाही जन्मिने गरेको बताए ।  बुधबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको नाम नै किटान गर्दै उनले भने ‘हिट्लर पनि निर्वाचित नै भएर आएका थिए । तर, हिट्लरका कारण जर्मनीको के हाल भयो ?आज पपुलिज्मका लागि सबैले ताली बजाइरहेका छौं। बालेनले पनि नेपाललाई जर्मनी बनाउन खोजेका हुन् ?’  

कवाड व्यवसायी सङ्घर्ष समितिको आन्दोलन काठमाडौंमा चलिरहेको छ । उनीहरूले महानगरले कवाडी सङ्कलन गरेर राख्ने स्थानमा डोजर चलाएको भन्दै आन्दोलन चर्काएका हुन् । यो सन्दर्भ जोड्दै सिंहले भने, ‘विभेदमा चल्न खोजेको हो बालेनले ? पपुलिज्मको आडमा न्याय समाप्त गर्न खोजेका हुन् ? यो न्यायको भूमि हो, संवैधानिक मान्यता छ यहाँ । यो गणतन्त्रिक मुलुक हो । त्यहाँ एउटा गरिबले पनि न्यायको अनुभूति गर्नुपर्छ ।’  

उनले मङ्गलबार शान्तिपूर्ण आन्दोलनमा उत्रिएका कवाड व्यवसायीमाथि लाठी प्रहार गरिएको भन्दै गृहमन्त्रीको जवाफसमेत माग गरेका छन् । ‘म रुलिङ चाहन्छु, के कारणले शान्तिपूर्ण आन्दोलनमा उत्रिएका उनीहरूमाथि लाठी प्रहार भयो । म गृहमन्त्रीबाट जवाफ चाहन्छु,’   उनले भने ।

उनले मधेस समुदायका मान्छेहरूविरुद्ध सरकार निर्मम भएर लाग्ने टिप्पणीसमेत गरे । ‘अरु समुदायको आन्दोलनमा एउटा लट्ठी पनि भाँचिँदैन । पानीको फोहोरा लगाइन्छ तर, मधेस समुदायका मान्छेलाई काठमाडौंमा किन सधैँ यस्तै गरिन्छ ?,’   उनले प्रश्न गरे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको