Like us!
Follow us!
Connect us!
Watch us!

योगाभ्यासले सेवा प्रवाहमा प्रभावकारिता ल्याउँछ: गृहमन्त्री लामिछाने

अर्थ संसार

बुधबार, ०५ असार २०८१, १६ : १९ मा प्रकाशित

योगाभ्यासले सेवा प्रवाहमा प्रभावकारिता ल्याउँछ: गृहमन्त्री लामिछाने

उपप्रधानमन्त्री एवम् गृहमन्त्री लामिछानेले देश र जनाताको सेवामा अहोरात्र खटिने नेपाल प्रहरीलाई व्यस्त, चुनौतीपूर्ण र कठिन जीवनशैलीमा योगाभ्यासले शारीरिक र मानसिकरूपमा थप स्वस्थ, संवेदनशील र सचेत बन्न मद्दत पुर्याउने बताएका छन् ।

दशौँ अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा पतञ्जली योग समिति नेपालसँगको सहकार्यमा नेपाल प्रहरीद्वारा आज प्रहरी मुख्यालय नक्सालमा आयोजित एक दिवसीय योग विज्ञान शिविरमा उनले योग तथा प्रणायामले प्रहरीको सेवा प्रवाहमा समेत प्रभावकारिता ल्याउने उल्लेख गरे ।

व्यायामले शरीर र स्वस्थ मानसिकता एवम् निर्णय क्षमतामा प्रभाव पार्ने हुँदा योगलाई निरन्तरता दिन सामूहिक प्रतिबद्धताको आवश्यकता रहेको उनले औँल्याए ।

स्वस्थ शरीर र स्वस्थ मानसिकताले गर्ने निर्णय सबैभन्दा महत्वपूर्ण हुने स्मरण गर्दै गृहमन्त्री लामिछानेले भने,  ‘योग, ध्यान र अभ्यासले जसरी स्वस्थ रहन्छौँ, हाम्रो सोच्ने क्षमतालाई पनि त्यसले प्रभाव पार्छ । हामीले गहन जिम्मेवारी लिएका छौँ, हाम्रो एकाग्रता, सोच, चुस्तता, मानसिक र शरीरिक स्वास्थ्य देश र सामाजका लागि महत्वपूर्ण हुन्छ । स्वस्थ मानिसकताका साथ आगाडि बढ्न सक्यौँ भने हाम्रो निर्णयले समाजले सुरक्षित रहेको महसुस गर्दछ ।’

गृहमन्त्री लामिछानेले युनिफर्म लगाएको प्रहरी देखेर हरेक नागरिकले सुरक्षित महसुस गर्नुपर्नेमा जोड दिँदै त्यसका लागि शरीरिक र मानसिक अवस्था दुरुस्त हुन जरूरी रहेको बताए ।

प्रहरी सङ्गठनको प्रत्येक व्यक्तिको निर्णय महत्वपूर्ण हुने बताउँदै उनले कानुनले दिएको अधिकारलाई सदुपयोग गर्दै नागरिकका पक्षमा इमानदारिताका साथ काम गरेमा समाज परिवर्तन हुने बताए ।


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको