Like us!
Follow us!
Connect us!
Watch us!

सिटिजन बैंकको २७ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले किन्न पाउने

अर्थ संसार

विहीबार, ०६ असार २०८१, १५ : ०४ मा प्रकाशित

सिटिजन बैंकको २७ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले किन्न पाउने

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले २७ हजार कित्ता बढी संस्थापक सेयर बिक्रीमा ल्याएको छ। बैंकले संस्थापक सेयरधनी यसबहादुर खत्रीको नाममा रहेको २७ हजार २४३.३३ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

न्यूनतम मूल्य प्रतिकित्ता १०५ रुपियाँ तोकिएको यो सेयर जोकोही सर्वसाधारण तथा संघसंस्थाले खरिद गर्न सक्नेछन् । इच्छुक लगानीकर्ताले ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय नारायणहिटी पथमा निवेदन दिनुपर्नेछ।

यसअघि बैंकले संस्थापक सेयरधनीले मात्रै खरिद गर्न पाउने गरी संस्थापक सेयर बिक्रीमा ल्याएको थियो। तोकिएको मितिमा खरिद आवेदन नपरेपछि सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको