Like us!
Follow us!
Connect us!
Watch us!

दोहोरो अंकले घट्यो नेप्से परिसूचक, ३ अर्ब ८७ करोडको कारोबार

अर्थ संसार

विहीबार, ०६ असार २०८१, १५ : ३२ मा प्रकाशित

दोहोरो अंकले घट्यो नेप्से परिसूचक, ३ अर्ब ८७ करोडको कारोबार

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०.४४ अकंले घटेर २०६८.३१ बिन्दुमा बन्द भएको छ । बिहिबार ३०६ कम्पनीको ८६ लाख ६३ हजार ६९९ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ८७ करोड ७ लाख ४४ हजार रुपैयाँको सेयर कारोबार भएकोछ ।

आज सबैभन्दा धेरै माउन्टेन इनर्जीको सेयर कारोबार भएको छ । आज यस कम्पनीको १७ करोड १४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । एनआरएनको १५ करोड ७४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । सिइडिबीको ९ करोड ९९ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै कालिका लघुवित्त वित्तीय संस्थाका लगानकिर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ७.७१ प्रतिशतका दरले कमाएका छन् । बराही हाइड्रोपावरका लगानीकर्ताले ६.६३ प्रतिशतका दरले कमाएका छन् । सनराइज ब्लुचिप फण्डका इकाईधनीले ५.९३ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै कुथली बुखरी हाइड्रोका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९.२८ प्रतिशतका दरले गुमाएका हुन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको