Like us!
Follow us!
Connect us!
Watch us!

अर्जेन्टिनाको कोपा अमेरिकामा विजयी शुरुवात

अर्थ संसार

शुक्रबार, ०७ असार २०८१, ०८ : ३९ मा प्रकाशित

अर्जेन्टिनाको कोपा अमेरिकामा विजयी शुरुवात

अर्जेन्टिनाले कोपा अमेरिकामा विजयी शुरुवात गरेको छ । आजदेखि शुरु भएको ४८औं कोपा अमेरिकाको उद्घाटन खेलमा अर्जेन्टिनाले क्यानडालाई २-० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा विजयी शुरुवात गरेको हो ।

अर्जेन्टिनाको जितमा जुलियन अल्भारेज र लाउतारो मार्टिनेजले एक एक गोल गरेका थिए । पहिलो हाफ बिना कुनै गोल सकिएको खेलमा अर्जेन्टिनाले दुवै गोल दोस्रो हाफमा गरेको थियो । अल्भारेजले खेलको ४९औं मिनेटमा र मार्टिनेजले खेलको ८८औ मिनेटमा गोल गरेका थिए ।

कोपा अमेरिकाको डिफेन्डिङ च्याम्पियन समेत रहेको अर्जेन्टिनाले यो जितपछि समुह ए मा महत्वपूर्ण ३ अंक हासिल गरेको छ ।

अब अर्जेन्टिनाले अर्को खेल जुन २६ मा चिलीविरुद्ध खेल्ने तालिका रहेको छ । त्यस्तै क्यानडाले पनि जुन २६ मा पेरुविरुद्ध खेल्ने छ ।
  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको