Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा सामान्य गिरावट, १६४ कम्पनीको सेयर मूल्य घट्यो

अर्थ संसार

आइतबार, ०९ असार २०८१, १५ : १९ मा प्रकाशित

सेयर बजारमा सामान्य गिरावट, १६४ कम्पनीको सेयर मूल्य घट्यो

नेपाल स्टक एक्सेचञ्ज ५.३७ अकंले घटेर २०६२.९४ बिन्दुमा बन्द भएको छ । आइतबार ३१७ कम्पनीको ९५ लाख ६१ हजार ७२७ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ३७ करोड ४५ लाख ९७ हजार रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै पोखरा फाइनान्सको सेयर कारोबार भएको छ । आज यस कम्पनीको १७ करोड १३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । नेपाल फाइनान्सको १३ करोड ५८ लाख रुपैयाँको सेयर कारोबार भएको छ । रिलायन्स फाइनान्सको १३ करोड १६ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै रिलायन्स फाइनान्स कम्पनी, गणपति लघुवित्त वित्तीय संस्था, साधना लघुवित्त र मैलुङ खोला जलविद्युतका लगानीकर्ताले कमाएका छन् । आज यस यी चार कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । नेपाल फाइनान्सका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका हुन् ।

आज सबैभनदा धेरै ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीक ालगानीकर्ताले ६ प्रतिशतका दरले गुमाएका हुन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको