Like us!
Follow us!
Connect us!
Watch us!

नेको इन्सुरेन्सले रेडक्रसलाई दियो एम्बुलेन्स

अर्थ संसार

आइतबार, ०९ असार २०८१, १७ : १४ मा प्रकाशित

नेको इन्सुरेन्सले रेडक्रसलाई दियो एम्बुलेन्स

नेको इन्सुरेन्सले वार्षिकोत्सवका अवसरमा लुम्बिनी प्रदेशअन्तर्गत कपिलवस्तुस्थित नेपाल रेडक्रस सोसाइटीको वाणगंगा उपशाखालाई एम्बुलेन्स प्रदान गरेको छ।

कम्पनीले हालै आफ्नो २९ औं वार्षिकोत्सव सम्पन्न गरेको थियो। वार्षिकोत्सवका अवसरमा सामाजिक उत्तदायित्व कार्यक्रमअन्तर्गत रेडक्रसलाई एम्बुलेन्स सौजन्यस्वरुप प्रदान गरेको हो। आज कम्पनीको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले रेडक्रस वाणगंगा उपशाखाका सभापति शंकर पाण्डेलाई एम्बुलेन्सको साँचो हस्तान्तरण गरेका छन्।

उक्त अवसरमा लुम्बिनी प्रदेशसभाका सांसद विष्णु पन्थी, बीमा प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदी, कम्पनीका अध्यक्ष रमेशकुमार निरौला, प्रमुख कार्यकारी अधिकृत अशोककुमार खड्काको समेत उपस्थिति थियो।

नेको इन्सुरेन्सले ३ वर्षअगाडि नै ७ वटै प्रदेशमा एक–एकवटा एम्बुलेन्स प्रदान गर्ने निर्णय गरेको थियो। तर, एम्बुलेन्स लिन धेरै प्रक्रिया पूरा गर्नुपर्ने, भन्सार छुटका लागि ३ वटा मन्त्रालयसँग सम्झौता गर्नुपर्नेजस्ता प्रक्रिया पूरा गर्नुपर्ने भएकोले लुम्बिनीबाहेक अन्य प्रदेशमा एम्बुलेन्स वितरण गर्न नसकिएको कार्यक्रममा जानकारी दिइएको छ।

देशको बीमा बजारमा विगत २९ वर्षदेखि सेवा प्रदान गर्दै आएको नेको इन्सुरेन्सले व्यवसायका साथसाथै समाज सेवाका लागि विभिन्न सामाजिक उत्तरदायित्वसम्बन्धी कार्यक्रमहरु पनि गर्दै आएको छ। विगतका वर्षहरुदेखि नै आफ्नो सेवा प्रवाहका क्षेत्रमा निरन्तर वृद्धि गर्दै बीमाशुल्क, दाबी भुक्तानी, रोजगारीका अवसर, सरकारलाई कर भुक्तानीलगायतका सूचकांकहरुमा कम्पनीले उल्लेख्य वृद्धि गर्दै आएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको