Like us!
Follow us!
Connect us!
Watch us!

सामान्य अंकले बढ्यो नेप्से,मेरो माइक्रोफाइनन्सको सर्वाधिक कारोबार

अर्थ संसार

सोमबार, १० असार २०८१, १५ : २२ मा प्रकाशित

सामान्य अंकले बढ्यो नेप्से,मेरो माइक्रोफाइनन्सको सर्वाधिक कारोबार

साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक बढेर बन्द भएको छ । आज परिसूचक ३.२१ अंक बढेर २,०६६  विन्दुमा कायम भएको हो । सोमबार ३२२ धितोपत्रको ६६ हजार ५१९ कित्ता सेयरको ५ अर्ब ७ करोड ७२ लाख ५५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । 

आज सबैभन्दा धेरै मेरो माइक्रोफाइनन्सको सेयर कारोबार भएको छ । आज कम्पनीको २४ करोड ३२ लाख रुपैयाँको सेयर  कारोबार भएको छ । एनआरएनको १८ करोड ४१ लाख रुपैयाँको सेयर कारोबार भएको छ । पोखरा फाइनान्सको १६ करोड १७ लाख रुपैयाँको सेयर  कारोबार भएको छ ।

आज सबैभन्दा धेरै नेपाल फाइनान्स कम्पनी र गणपति लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगनीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । मकर जितुमायाका लगानीकर्ताले ७.२१ प्रतिशतका दरले कमाएका छन् । शिभ श्री हाइड्रोपावरका लगानीकर्ताले ६ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै बुद्ध भुमि नेपाल हाइड्रोका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ७ प्रतिशतका दरले गुमाएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको