Like us!
Follow us!
Connect us!
Watch us!

जीवन बिमा कम्पनीहरुले १० महिनामा संकलन गरे १ खर्ब ३९ अर्ब बिमा शुल्क, कुनको कति ?

अर्थ संसार

बुधबार, २१ जेठ २०८२, १२ : ५८ मा प्रकाशित

जीवन बिमा कम्पनीहरुले १० महिनामा संकलन गरे १ खर्ब ३९ अर्ब बिमा शुल्क, कुनको कति ?

चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो १० महिना (वैशाख मसान्तसम्म) मा जीवन बिमा कम्पनीहरूले कुल १ खर्ब ४० अर्ब रुपैयाँभन्दा बढी बिमा शुल्क आर्जन गरेका छन्।

नेपाल बीमा प्राधिकरणद्वारा सार्वजनिक तथ्यांकअनुसार, १४ वटा जीवन बीमा कम्पनी र ३ वटा लघु जीवन बीमा कम्पनीले संयुक्त रूपमा १ खर्ब ४० अर्ब ३५ करोड २ लाख रुपैयाँ बराबरको बीमा शुल्क संकलन गरेका हुन्।

त्यसमध्ये १४ जीवन बीमा कम्पनीहरूले मात्रै १ खर्ब ३९ अर्ब ३६ करोड ७६ लाख रुपैयाँ संकलन गरेका छन्। बीमा शुल्कको विवरणमा वैदेशिक रोजगारी बाहेकको पहिलो बीमा शुल्क २७ अर्ब ४५ करोड १२ लाख रुपैयाँ, वैदेशिक रोजगार बीमा शुल्क २ अर्ब ४८ करोड ४९ लाख रुपैयाँ, र नविकरण शुल्कबाट १ खर्ब ९ अर्ब ४४ करोड ८० लाख रुपैयाँ संकलन भएको छ।

बीमा शुल्क संकलनको आधारमा नेपाल लाइफ  इन्स्योरेन्स अग्रणी रहेको छ, । कम्पनीले १० महिनासम्मा ३६ अर्ब ५९ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । बीमा शुल्क आर्जन गर्ने दोस्रो नम्बरमा नेशनल लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीले सो अवधिमा १७ अर्ब २० करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ भने एलआइसी नेपाल इन्स्योरेन्सले १५ अर्ब ५७ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरि तेस्रो स्थानमा पर्ने सफल भएको छ ।

नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार १० महिनामा हिमालयन लाइफ इन्स्योरेन्सले १७ अर्ब ७९ करोड रुपैयाँ आर्जन गरेको छ भने राष्ट्रिय जीवन बीमा कम्पनीले ८ अर्ब ६७ करोड रुपैयाँ कुन बीमाशुल्क संकलन गरेको छ ,

१० महिनामा सूर्यज्योति लाइफ इन्स्योरेन्सले ८ अर्ब ५३ करोड रुपैयाँ संकलन गरेको छ भने एशियन लाइफ इन्स्योरेन्सले ७ अर्ब १४ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।

त्यसैगरी, मेट लाइफले ४ अर्ब ९८ करोड रुपैयाँ आर्जन गरेको छ । १० महिनासम्ममा आइएमई लाइफले ४ अर्ब १९ करोड रुपैयाँ संकलन गर्दा सन नेपाल लाइफले ३ अर्ब ४१ करोड रुपैयाँ आर्जन गरेको छ । वैशाखमसान्तसम्ममा रिलायबल नेपालले ४ अर्ब १४ करोड रुपैयाँ, सिटिजन्स लाइफले ५ अर्ब ६८ करोड रुपैयाँ आर्जन गरेको छ ।

साथै, १० महिनासम्मा सानिमा रिलायन्स लाइफले ५ अर्ब ३३ करोड रुपैयाँ र प्रभु महालक्ष्मी लाइफले ४ अर्ब १० करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको