Like us!
Follow us!
Connect us!
Watch us!

जीवन बीमा कम्पनीले ७ महिनामा संकलन गरे ९५ अर्ब ३८ करोड बीमा शुल्क - कुनको कति ?

अर्थ संसार

बुधबार, १४ फागुन २०८१, १० : ५० मा प्रकाशित

जीवन बीमा कम्पनीले ७ महिनामा संकलन गरे ९५ अर्ब ३८ करोड बीमा शुल्क - कुनको कति ?

आर्थिक वर्ष २०८१ /८२ को माघ महिनासम्ममा जीवन बीमा कम्पनीहरुले कुल ९५ अर्ब बढी बीमाशुल्क संकलन गरेका छन् ।

नेपाल बीमाप्राधिकरणले प्रकाशन गरेको तथ्याङक अनुसार कम्पनीहरुले माघ महिनासम्ममा १ करोड ३४ लाख ७ हजार ४८ वटा बीमा पोलिसी बिक्री गरी कुल ९५ अर्ब ३८ करोड ६६ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका हुन् ।

यस अवधिमा नेपाल लाइफले सबैभन्दा बढी रुपैयाँको बीमा व्यवसाय गर्न सफल भएको छ । कम्पनीले ७ महिनाको अवधिमा २६ अर्ब ५४ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

नेशनल लाइफले ११ अर्ब २३ करोड रुपैयाँ, एलआइसी नेपालले ११ अर्ब १७ करोड रुपैयाँ, हिमालयन लाइफले नौ अर्ब ९० करोड रुपैयाँ र सूर्यज्योति लाइफले पाँच अर्ब ९५ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । तेस्रोमा एलआइसी नेपाल रहेको छ । कम्पनीले यस अवधिमा ११ अर्ब १७ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । 

हिमालयन लाइफले ९ अर्ब ९०करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । सूर्यज्योति लाइफले ५ अर्ब ९५करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । एशियन लाइफले ५ अर्ब ७ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । सिटिजन लाइफले ३ अर्ब ९८करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । राष्ट्रिय जीवन बीमा कम्पनीले ३ अर्ब ९२ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । सानिमा रिलायन्स लाइफले ३ अर्ब ८० करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । मेट लाइफले ३ अर्ब ३७ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

त्यसैगरी आइएमई लाइफले २ अर्ब ९० करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । प्रभु महालक्ष्मी लाइफले २ अर्ब ८५ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । रिलायबल नेपाल लाइफले २ अर्ब ७९ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । सन नेपाल लाइफले २ अर्ब ३८ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको