Like us!
Follow us!
Connect us!
Watch us!

समता घरेलु लघुवित्त र मनकामना स्मार्ट लघुवित्तको एकीकृत कारोबार असार २४ गतेदेखि

अर्थ संसार

शुक्रबार, १४ असार २०८१, १० : ३७ मा प्रकाशित

समता घरेलु लघुवित्त र मनकामना स्मार्ट लघुवित्तको एकीकृत कारोबार असार २४ गतेदेखि

समता घरेलु लघुवित्त  र मनकामना स्मार्ट लघुवित्तले आगामी असार २४ गतेबाट एकीकृत कारोबार गर्ने भएका छन् ।

समता घरेलु लघुवित्तले मनकामना स्मार्ट लघुवित्तलाई प्राप्ति (एक्विजिशन)  गरेपछि समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत वित्तीय कारोबार हुन लागेको हो ।

समता घरेलु लघुवित्तले मनकामना स्मार्ट लघुवित्तलाई गाभ्ने/गाभिने सम्झौतामा गत भदौ ७ गते हस्ताक्षर भएको थियो । सम्झौताका बखत समता घरेलु लघुवित्तको चुक्तापूँजी ३९ करोड ४१ लाख छ भने मनकामना स्मार्ट लघुवित्तको चुक्तापूँजी १४ करोड ८४ लाख रुपैयाँ छ ।

ती दुबै कम्पनीलाई नेपाल राष्ट्र बैंकले जेठ २९ गते र नेपाल धितोपत्र बोर्डले असार ९ गते प्राप्ति (एक्विजिशन) सम्बन्धी अन्तिम स्वीकृति  दिएको थियो ।

दुबै कम्पनी बीच भएको आपसी सहमति बमोजिम लक्षित संस्था मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको सम्पूर्ण सम्पत्ति तथा दायित्व प्राप्ति पश्चात् प्राप्त गर्ने संस्था (एक्वायर) समता घरेलु लघुवित्त वित्तीय संस्थाले सकार्ने र व्यहोर्ने छ ।

प्राप्तिपछि कम्पनीको रजिष्टर्ड कार्यालय बनेपा नगरपालिका- ७, काभ्रेपलाञ्चोकमा रहने छ । असार २४ गतेदेखि  दुबै कम्पनीको एकीकृत कारोबार हुने भएकाले डाटा माइग्रेसन कार्यको लागि असार २३ गतेका दिन दुबै कम्पनीका आ-आफ्ना कार्यालयहरुबाट प्रदान गर्दै गरिने सम्पूर्ण बैकिङ्ग कारोबार भने बन्द रहने छ । 

667e4399e9cf3.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको