Like us!
Follow us!
Connect us!
Watch us!

समता घरेलु लघुवित्तले तय गर्यो एफपिओ बाँडफाँटको मिति,३५ हजार ९० जनाले मात्रै सेयर पाउने

अर्थ संसार

बुधबार, २८ कार्तिक २०८१, १७ : २२ मा प्रकाशित

समता घरेलु लघुवित्तले तय गर्यो एफपिओ बाँडफाँटको मिति,३५ हजार ९० जनाले मात्रै सेयर पाउने

समता घरेलु लघुवित्तको एफपिओ शुक्रबार अर्थात् कात्तिक ३० गते बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलका अनुसार शुक्रबार बिहान ९ बजे आफ्नै कार्यालय नारायणचौर नक्साल, काठमाडौंमा एफपीओ बाँडफाँट गर्ने तयारी गरिएको छ । 

समता घरेलुको एफपीओ हात पार्न भने भाग्यकै भरपर्नु पर्नेछ । किनभने यसमा मागभन्दा ६०.७२ गुणा बढी आवेदन परेको छ ।

सिडिएसका अनुसार एफपिओमा अन्तिम दिनसम्म १४ लाख ३४ हजार ३८९ जनाले २ करोड १३ लाख २९ हजार ८९० कित्ताका लागि आवेदन दिएका थिए । जस मार्फत २ अर्ब १३ करोड २९ लाख ८९ हजार रुपैयाँ संकलन भएको हो । जुन मागभन्दा ६०.७८ गुणा बढी आवेदन हो ।

लघुवित्तले कात्तिक १२ गतेदेखि २० गतेसम्म प्रतिकित्ता १०० अंकित मूल्यका दरले ३ लाख ५० हजार ९०४ हकप्रद सेयर बिक्री खुला गरेको थियो ।जसमा ३५ हजार ९० जनाले मात्रै १०/१० कित्ताका दरले एफपिओ हात पार्नेछन् । सोहि मध्येका ४ जनाले थप १ कित्ता सेयर पाउनेछन् ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

क्रेडिट रेटिङ संस्था इक्रा नेपालले यस एफपीओलाई वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जानाउने ‘इक्रा इस्यूअर रेटिङ बी माइनस’ प्रदान गरेको छ । इक्रा नेपालले २०८१ साउन २५ गते यो रेटिङ दिएको हो । यो रेटिङ २०८२ साउन २१ गतेसम्म बाहल रहनेछ ।  यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको