Like us!
Follow us!
Connect us!
Watch us!

समता घरेलु लघुवित्तको संस्थापक सेयर बिक्रीमा

अर्थ संसार

शुक्रबार, २५ साउन २०८१, ११ : ५० मा प्रकाशित

समता घरेलु लघुवित्तको संस्थापक सेयर बिक्रीमा

समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले केही संस्थापक सेयरधनीको नाममा रहेको २० हजार कित्ता सेयर बिक्री गर्ने भएको हो ।

उक्त सेयर हाल कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै खरिद गर्न पाउनेछन् । उक्त सेयर खरिद गर्न इच्छुक सेयरधनीले काभ्रेपलाञ्चोकको बनेपा–७ स्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ ।

साथै, निवेदन दिनका लागि इच्छुकले आफूले खरीद गर्न चाहेको सेयर संख्या र मूल्य समेत खुलाई सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र निवेदन दिनु पर्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको