Like us!
Follow us!
Connect us!
Watch us!

समता घरेलु लघुवित्तको एफपिओ बाँडफाँट

अर्थ संसार

शुक्रबार, ३० कार्तिक २०८१, १० : २८ मा प्रकाशित

समता घरेलु लघुवित्तको एफपिओ बाँडफाँट

समता घरेलु लघुवित्तको एफपिओ बाँडफाँट भएको छ ।

बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको कार्यालयमा एफपिओ बाँडफाँट भएको हो । जसमा ३५ हजार ९० जनाले १० कित्ताका दरले सेयर हात पारेका छन् । बाँकी रहेको ४.२५ कित्ता ४ जनालाई बाँडफाँट गरिएको छ । 

कम्पनीको एफपीओमा १४ लाख ४२ हजार ४ सय २० जनाको आवेदन परेको थियो । आवेदन दिएका १४ लाखको हाल खाली भएको छ ।

लगानीकर्ताले बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपीओको नतिजा हेर्न सक्नेछन् । साथै, सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट https://iporesult.cdsc.com.np/ बाट पनि रिजल्ट हेर्न सकिन्छ ।

लघुवित्तले कात्तिक १२ गतेदेखि २० गतेसम्म प्रतिकित्ता १०० रुपैयाँमा ३ लाख ५० हजार ९०४.२५ कित्ता एफपीओ बिक्रीमा ल्याएको थियो ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको