Like us!
Follow us!
Connect us!
Watch us!

नेशनल लाइफ इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा

अर्थ संसार

आइतबार, १६ असार २०८१, ०९ : ०० मा प्रकाशित

नेशनल लाइफ इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा

नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । 

कम्पनीले सेयरधनीको नाममा रहेको २ लाख कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।यो सेयरमा कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरूले सूचना प्रकाशित भएको ३५ दिनभित्र खरिद आवेदन दिनुपर्ने छ ।

संस्थापक सेयरधनीले काठमाडौं लाजिम्पाटमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा आइपुग्ने गरी आवेदन दिनुपर्नेछ । बिक्री गरिने संस्थापक सेयरको मूल्य नियमानुसार हुने प्रचलिन मूल्य भन्दा कम हुने कम्पनीले जनाएको छ ।

उल्लेखित मितिभित्र सेयर खरिदका लागि कुनै पनि आवेदन पेस नभएमा अन्य व्यक्ति तथा कम्पनीलाई उक्त सेयर बिक्री गरिने कम्पनीले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको