Like us!
Follow us!
Connect us!
Watch us!

लोकतन्त्र जनताले जोगाउँछन् नेताले चिन्ता गर्नुपर्दैनः रवि लामिछाने

अर्थ संसार

आइतबार, १६ असार २०८१, १५ : ५५ मा प्रकाशित

लोकतन्त्र जनताले जोगाउँछन् नेताले चिन्ता गर्नुपर्दैनः रवि लामिछाने

रास्वपाका सभापति तथा उपप्रधानमन्त्री रवि लामिछानेले लोकतन्त्र जनताले जोगाउने भन्दै नेताहरूले चिन्ता गर्नुनपर्ने बताएका छन् ।

नेकपा एसका महाधिवेशन उद्घाटन सत्रलाई सम्बोधन गर्दै रास्वपाका सभापति समेत रहेका लामिछानेले भाषणमा देश र जनताको चिन्ता भएपनि व्यवहारमा नदेखिएको बताए । 

‘मुलुक अप्ठेरोमा कसले पारेको हो ? गरिब किसानले पारेको हो ?’, लामिछानेले प्रश्न गर्दै भने, ‘आम जनता र नेतृत्वको प्राथमिकता अलग अलग भएकाले लाकेतन्त्रमा खतरा भएको हो ।’ 

नेताहरूले आजसम्म ठुला ठुला युनिभर्सिटी बनेनन् त्यसमा छलफल गरौँ भनेर नेताहरूले आजसम्म सर्वदलीय बैठक बोलाउन नसकेको भन्दै सहमति कस्ता कस्ता कुरामा भएका रहेछन् भनेर बुझ्नुपर्ने बताए । उनले सधैँ लोकतन्त्र खतरामा परेको भनेर भाषण गर्ने गरिएको भन्दै भाषण र व्यवहारमा एकरुपता ल्याउन जरुरी रहेको बताए ।

लामिछानेले देश बनाउने कुरामा राष्ट्रिय सहमति गर्न नेताहरुलाई कसले रोकेको छ भन्दै प्रश्न समेत गरेका छन् । 

उनले भने, ‘यहाँ सबै शीर्ष नेताहरु हुनुहुन्छ । यो नेताहरुलाई देश बनाउन कसले रोक्छ ? देश बनाउने राष्ट्रिय सहमति गर्न के मा सहमति गर्ने हो ? बुँदा बुँदामा सहमति गरौं अनि त्यसपछि नपुगेको खण्डमा संविधान हेर्नुपर्ने हो कि शासकीय स्वरुप हेर्नुपर्ने हो कि हेरौंला ? तर, हामीलाई कसैले रोकेको छैन ।’

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको