Like us!
Follow us!
Connect us!
Watch us!

दुई सातादेखि क्रसर व्यवसायी आन्दोलित, माग सम्बोधन नभए राजमार्ग ठप्प पार्ने चेतावनी

अर्थ संसार

सोमबार, १७ असार २०८१, १२ : ०५ मा प्रकाशित

दुई सातादेखि क्रसर व्यवसायी आन्दोलित, माग सम्बोधन नभए राजमार्ग ठप्प पार्ने चेतावनी

उद्योगहरुको नवीकरणको माग राखेर नेपाल क्रसर तथा खानी उद्योग व्यवसायीहरु दुई सातादेखि आन्दोलनमा छन् ।

काठमाडौंको माइतिघर मण्डलामा गत असार १ गतेदेखि क्रसर व्यवसायी आन्दोलित भएका थिए । आफुहरुको माग सम्बोधनमा सरकार गम्भीर नभएको भन्दै क्रसर व्यवसायीहरुले गुनासो गरेका छन् । 

व्यवसायीहरुले उद्योग नवीकरणको आफुहरुको माग सम्बोधन नभए उद्योगहरुको ताला, चाबी सरकारलाई बुझाएर उद्योगहरुमा भएका गाडी, मेशिनरी औजार, हेवी इक्वीपमेन्ट तथा कार्यरत मजदुरहरु समेत राजमार्गमा राखि विरोध प्रदर्शन गर्ने र राजमार्ग ठप्प पार्ने चेतावनी समेत दिएका छन् ।

अहिले उद्योगी व्यवसायीहरुको बटमलाईन भनेको कानुनसम्मत दर्ता भएका उद्योगहरुको नवीकरण रहेको क्रसर व्यवसायीले बताए । क्रसर उद्योगीहरुले विगत १० वर्षदेखी उद्योगहरुको नवीकरण हुन नसक्दा आफुहरु मारमा परेको समेत बताए ।

आफुहरुको माग सम्बोधनका लागि पटक पटक संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय लगायत सरोकारवाला निकायहरुसँग छलफल भएपनि माग सम्बोधन हुन नसकेको व्यवसायीले बताएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको