Like us!
Follow us!
Connect us!
Watch us!

निर्वाचन परिणाम अनपेक्षित, अपत्यारिलो र जादुमय - केपी शर्मा ओली

अर्थ संसार

विहीबार, १२ चैत्र २०८२, १५ : ५९ मा प्रकाशित

निर्वाचन परिणाम अनपेक्षित, अपत्यारिलो र जादुमय  - केपी शर्मा ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन परिणामलाई ‘जादुमय’ जस्तो देखिएको टिप्पणी गरेका छन्। बिहीबार नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूको शपथ ग्रहणपछि च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा एमालेबाट निर्वाचित सांसदहरूलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

ओलीले निर्वाचनका क्रममा एमाले र पार्टीको गन्तव्यविरुद्ध गलत प्रचार गरिएको आरोप लगाए। साथै, घृणाको राजनीति गर्नेहरूलाई विभिन्न पक्षबाट सहयोग प्राप्त भएको दाबी पनि उनले गरे।

ओलीले भने, ‘भर्खरै निर्वाचन सकिएको छ । अहिले निर्वाचनको सन्दर्भ, निर्वाचन प्रक्रिया र परिणामको सन्दर्भमा धेरै टिप्पणी गर्ने बेला भएको छैन । तर, यो निर्वाचन अनपेक्षित, अस्वाभाविक, अपत्यारिलो र जादुमय छ । यसमा एउटा हाम्रा विरोधीहरुले अथवा हाम्रा उद्देश्यका विरोधीले समृद्ध नेपाल, सुखी नेपालीको गन्तव्यका विरोधीले कुप्रचार गरेर देशमा घृणाको राजनीति गरे ।'

एमाले सांसदलाई सत्यका पक्षमा काम गर्न पनि उनले निर्देशन दिए । ‘कौरवको सेना असाधारण थियो, ठूलो थियो । पाण्डवको सेना थोरै थियो । तर, नतिजा सत्यको पक्षमा आयो, सत्यको पक्षमा आउँछ,’ उनले भने, ‘हामी देशका लागि, जनताका लागि, शान्तिका लागि, सुशासनका लागि र विकासका लागि काम गर्दैर्छौँ ।’

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको