Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल माइक्रो इन्स्योरेन्सले बोलायो साधारण सभा, के-के छन् एजेण्डा ?

अर्थ संसार

बुधबार, ११ चैत्र २०८२, १० : २९ मा प्रकाशित

नेपाल माइक्रो इन्स्योरेन्सले बोलायो साधारण सभा, के-के छन् एजेण्डा ?

नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले आफ्नो तेस्रो वार्षिक साधारण सभा आगामी बैशाख १० गते बोलाएको छ । कम्पनीको चैत १० गते बसेको सञ्चालक समितिको बैठकले सभा चितवनको मिडटाउन होटल, भरतपुरमा बिहान ११ बजे बस्ने गरी बोलाएको सभा हो ।

सभामा आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। साथै, लेखापरीक्षकको प्रतिवेदनसहित सोही आर्थिक वर्षको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सम्बन्धित अनुसूचीहरू समेटिएको वित्तीय विवरणमाथि पनि छलफल गरी अनुमोदन गरिनेछ।

त्यसैगरी, चालु आर्थिक वर्ष २०८२/०८३ का लागि बाह्य लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावसमेत सभाको एजेण्डामा समावेश गरिएको छ। कम्पनीले सामाजिक उत्तरदायित्वअन्तर्गत गरेको खर्च अनुमोदन गर्ने विषय पनि छलफलका लागि प्रस्तुत हुनेछ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले चैत २६ गते बुक क्लोज मिति निर्धारण गरेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको