Like us!
Follow us!
Connect us!
Watch us!

आज पनि बढ्यो सुनको मूल्य, तोलाको कति ?

अर्थ संसार

मंगलबार, १८ असार २०८१, १० : ५० मा प्रकाशित

आज पनि बढ्यो सुनको मूल्य, तोलाको कति ?

मंगलबार नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ  । सोमबार २ सय रुपैयाँले बढेको सुनको मूल्य मंगलबार १ सय रुपैयाँले बढेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाला सुन प्रतितोला  १ लाख ४२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाला सुन प्रतितोला  १ लाख ४२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

मंगलबार तेजाबी सुन प्रतितोला १ लाख ४१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार  तेजाबी सुन प्रतितोला १ लाख ४१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै मंगलबार प्रतितोला चाँदीको मूल्य १ हजार ८०५ रुपैयाँ रहेको छ । सोमबार प्रतितोला चाँदीको मूल्य १ हजार ७९० रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा हुने कारोबारका आधारमा नेपालमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको