Like us!
Follow us!
Connect us!
Watch us!

रविलाई विश्वप्रकाशको चुनौतीः अहिले पनि गृहमन्त्री हुनुहुन्छ, फाइल खोल्न कसले रोकेको छ

अर्थ संसार

बुधबार, १९ असार २०८१, ११ : ४३ मा प्रकाशित

रविलाई विश्वप्रकाशको चुनौतीः अहिले पनि गृहमन्त्री हुनुहुन्छ, फाइल खोल्न कसले रोकेको छ

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गृहमन्त्री रवि लामिछानेलाई  अहिले पनि भ्रष्टाचारको फाइल खोल्न चुनौती दिएका छन् ।

पार्टी सभापति शेरबहादुर देउवा निवासमा बसेको कांग्रेस कार्यसम्पादन बैठकपछि गृहमन्त्री रवि लामिछानेलाई भ्रष्टाचारको फाइल खोल्न चुनौती दिएका हुन्।

उनले गृहमन्त्रीलाई भने, ‘भ्रष्टाचारको फाइल खोल्दै थियौं त्यस कारण सरकारबाट हटाइयो भन्नुहुन्छ। अहिले पनि गृहमन्त्री हुनुहुन्छ। प्रधानमन्त्रीले राजीनामा दिए आज साँझसम्म हुनुहुन्छ। नदिए एक महिना हुनुहुन्छ। कुनै पनि फाइलहरूमा कुर्नै आग्रह पूर्वाग्रह, कसैको बारेमा राख्नुहुन्न। भ्रष्टाचारको नियन्त्रण गर्न सबैभन्दा बलियो कानून कांग्रेसले बनाएको छ।’

गृहमन्त्रीले मंगलबार भ्रष्टाचारको फाइल खोलेपछि सत्ता समीकरण फेरिएको आरोप लगाएका थिए।


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको