Like us!
Follow us!
Connect us!
Watch us!

एमालेले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्ड अल्पमतमा

अर्थ संसार

बुधबार, १९ असार २०८१, २१ : ०० मा प्रकाशित

एमालेले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्ड अल्पमतमा

एमालेले समर्थन फिर्ता लिएसँगै प्रधानमन्त्री प्रचण्ड अल्पमतमा परेका छन् ।

नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रचण्ड अल्पमतमा परेका हुन् ।

सोमबार मध्यरातमा संसद्का दुई ठूला दल नेपाली कांग्रेस र एमालेले नयाँ गठबन्धन बनाउने सहमति गरेका थिए । संविधान संशोधनलाई मुख्य एजेन्डा बनाएर दुई दल गठबन्धन गर्ने निर्णयमा पुगेका हुन् । समर्थन फिर्ता लिएसँगै एमालेका मन्त्रीहरूले राजीनामा बुझाएका छन् । 

योसँगै प्रधानमन्त्री प्रचण्डले अब संविधानको धारा १०० बमोजिम संसद्बाट विश्वासको मत लिनुपर्ने हुन्छ । संविधानले सरकारमा दल विभाजित भएमा वा आफ्नो समर्थन फिर्ता लिएमा प्रधानमन्त्रीले तीस दिनभित्र विश्वासको मतका लागि प्रतिनिधि सभासमक्ष प्रस्ताव राख्नुपर्ने व्यवस्था गरेको छ ।

एमालेबाट प्रचण्ड नेतृत्वको सरकारमा रघुबीर महासेठले उपप्रधानसहित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । त्यसैगरी, पदम गिरीले कानुन, न्याय तथा संसदीय मामिला, ज्वालाकुमारी साहले कृषि तथा पशुपंक्षी विकास, बलराम अधिकारीले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, दामोदार भण्डारीले उद्योग, वाणिज्य तथा आपूर्ति, भगवती चौधरीले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, राजेन्द्रकुमार राईले खानेपानी र हरिप्रसाद उप्रेतीले रक्षा मन्त्रालयको जिम्मेवारी पाएका थिए ।

कांग्रेसको समर्थनमा अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन गर्ने समझदारी बनेपछि एमालेका मन्त्रीहरुले सामूहिक राजीनामा दिएका हुन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको