Like us!
Follow us!
Connect us!
Watch us!

प्रतिनिधि सभाको बैठक आज बस्दै

अर्थ संसार

मंगलबार, २५ असार २०८१, ०७ : ४७ मा प्रकाशित

प्रतिनिधि सभाको बैठक आज बस्दै

प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बिहान ११ बजे बस्ने बैठकमा बार्षिक प्रतिवेदन र व्यवस्थापन कार्यको कार्यसूची सार्बजनिक गरिएको छ ।

आज प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले 'थारु आयोगको पाँचौं वार्षिक प्रतिवेदन (२०७९ श्रावण २०८० आषाढ' पेश गर्ने कार्यसूची रहेको छ ।

त्यस्तै व्यवस्थापन कार्य अन्तर्गत अर्थमन्त्री वर्षमान पुनले राष्ट्रिय सभामा उत्पत्ति भएको 'सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने छन् ।

त्यस्तै उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री शक्ति बहादुर बस्नेतले 'जलस्रोत विधेयक, २०८१ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाईयोस्' भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जानकारी दिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको