Like us!
Follow us!
Connect us!
Watch us!

सोमबार अन्तिम दिन सरकारी खाताबाट ३५ अर्ब ६१ करोडको भुक्तानी,असारे विकासमा १ खर्ब ७७ अर्ब खर्च

अर्थ संसार

मंगलबार, २५ असार २०८१, १२ : २४ मा प्रकाशित

सोमबार अन्तिम दिन सरकारी खाताबाट ३५ अर्ब ६१ करोडको भुक्तानी,असारे विकासमा १ खर्ब ७७ अर्ब खर्च

सरकारले सरकारी कोषबाट सोमबार एकैदिन साढे ३५ अर्ब ६१ करोड भुक्तानी दिएको बढी रकम भुक्तानी गरेको छ । सोमबार राति १२ बजेसम्म सरकारी कार्यालय, विभाग तथा मन्त्रालयहरूले काटेको चेक तथा भुक्तानीमा एकमुस्ट ३३ अर्ब ६१ करोड ३३ लाख रुपैयाँ खर्च भएको हो । 

आर्थिक वर्षको अन्तिम महिनामा सरकार ढलेपछि भुक्तानीमा सुस्तता आएको हो । 

कुल भुक्तानी मध्ये १४ अर्ब ४० करोड १३ लाख रुपैयाँ विकास खर्च अर्थात् पुँजीगत खर्चतर्फ भएको छ भने बाँकी नियमिति खर्चतर्फको भुक्तानी भएको छ । 

असार १ गते यता मात्र १ खर्ब ७७ अर्ब १२ करोड ७१ लाख रुपैयाँ बजेट खर्च भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

यो आर्थिक वर्षको कूल बजेटको १० प्रतिशतमाथिको खर्च हो । यसले यस वर्ष पनि सरकारले असारे विकासलाई निरन्तरता दिएको छ । 

तर पनी,यो वर्ष विनियोजित बजेटको ७७.४४ प्रतिशत मात्र खर्च हुन सकेको छ । कूल १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख रुपैयाँ बराबरको अनुमानित बजेट ल्याएको सरकारले चालुतर्फ ९ खर्ब ३३ अर्ब ८५ करोड ५४ लाख रुपैयाँ (विनियोजित बजेटको ८१.७९ प्रतिशत) खर्च गरेको छ भने पुँजीगत अर्थात् विकास खर्चतर्फ जम्मा १ खर्ब ७२ अर्ब ९ करोड २२ लाख रुपैयाँ (विनियोजित बजेटको ५६.९७ प्रतिशत) खर्च गरेको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको