Like us!
Follow us!
Connect us!
Watch us!

प्राधिकरणले तर्साउने काम गरेको भन्दै बिजुली जडान नगरे बाँकी उद्योगमा आफैं लाइन काट्ने उद्योगीहरुको चेतावनी

अर्थ संसार

विहीबार, २७ असार २०८१, १५ : ०६ मा प्रकाशित

प्राधिकरणले तर्साउने काम गरेको भन्दै बिजुली जडान नगरे बाँकी उद्योगमा आफैं लाइन काट्ने  उद्योगीहरुको चेतावनी

उद्योगीहरुले नेपाल विद्युत प्राधिकरणले विद्युत कटौती गरेको ५ उद्योगमा जडान नगरे अरु उद्योगमा आफैं बिजुली कटौती गर्ने चेतावनी दिएका छन् । सर्वोच्च अदालतका पूर्वन्याधीश गिरीशचन्द्र लालको नेतृत्वमा गठित न्यायिक आयोगको सिफारिस विपरित प्राधिकरणले उद्योगीलाई तर्साउने र धम्काउने काम सुरु गरेकोप्रति पीडित तथा प्रताडित उद्योगी समूहे गम्भीर ध्यानाकर्षण भएको जनाउँदै अरु उद्योगमा पनि आफैं बिजुली काट्ने चेतावनी दिएका हुन् ।

ट्रकलाइनको विवादित महशुल अशुल गर्ने नाममा प्राधिकरणले आफूहरुलाई तर्साउने र धम्क्याउने काम गरेको ट्रंकलाइन पीडित उद्योगीहरुको समूहको भनाई छ । उनीहरुले यदि प्राधिकरणले महशुल तिर्नुपर्ने प्रमाण दिए आफूहरु तिर्न तयार रहेको भन्दै लाइन काटिएका पाँच उद्योगहरुको लाइन जडान नगरिए आफूहरु सबैले आफै बिजुली कटौती गर्ने बताए । 

बिजुली खेर गइरहेको बेला प्राधिकरण आफैले बिजुली कटौती गर्दा प्राधिकरणलाई निकै ठूलो नोक्सान हुन पुग्ने देखिन्छ । पीडित उद्योगीहरुको समूहले बिहीबार विज्ञप्ति जारी गर्दै लाइन काटिएका पाँच उद्योगमा बिजुली जडान नगरिए थप उद्योगमा पनि आफै बिजुली कटौती गर्ने घोषणा गरेका हुन् । 

 

668fa54f2642c.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको