Like us!
Follow us!
Connect us!
Watch us!

नबिल बैंकको ४० वर्षे यात्रा : नबिल बैंक मात्र होइन ब्राण्ड पनि

अर्थ संसार

शुक्रबार, २८ असार २०८१, १४ : २० मा प्रकाशित

नबिल बैंकको ४० वर्षे यात्रा : नबिल बैंक मात्र होइन ब्राण्ड पनि

निजी क्षेत्रबाट सञ्चालित देशकै पहिलो वाणिज्य बैंक हो नबिल बैंक । सन् १९८४ जुलाई १२ तारिखमा स्थापना भएको नबिल बैंक आजदेखि ४० वर्ष पुरा गरी ४१औं वर्षमा प्रवेश गरेको छ । निजी क्षेत्रका लगानीकर्ताहरूको लगानीमा स्थापना भएको नबिल बैंकले चार दशक पुरा गर्दा अग्रणी बैंकका रूपमा स्थापित छ ।

यो अवधिमा विभिन्न उतारचढाव र आरोह–अवरोहहरु पार गरेको नबिलले व्यावसायिक र सेवाका आधारमा सफल वाणिज्य बैंकका रूपमा आफुलाई चिनाएको छ । नेपाल अरब बैंकको रूपमा स्थापना भएको नबिल बैंकमा युएईका लगानीकर्ता बाहिरिएपछि उद्योगी विनोद चौधरीको परिवारले बहुमत सेयर आफ्नो मातहतमा लिएको थियो । हाल यस बैंकमा चौधरी ग्रुप नै मुख्य लगानीकर्ता हो । ग्राहकको सन्तुष्टिलाई केन्द्रमा राखेर आफ्नो व्यवसायिक यात्रा तय गरेको नबिल बैंक लगानीकर्तालाई उच्चतम प्रतिफल दिने बैंकको रुपमा स्थापित भएको छ । लामो समयदेखि नबिल सर्वाधिक नाफा कमाउने ग्राहकको सेवामा समर्पित डिजिटल बैंकको पुरामा स्थापित भएको छ ।

स्थापनाकाल देखि नै नेपालमै नयाँ प्रविधि भित्र्याएर ज्वाइन्ट भेन्चरमा सञ्चालनमा आएको नबिलको व्यवसायिक यात्रा अनुभवी व्यवस्थापन, स्मार्ट तथा मेहिनेती कर्मचारी, कर्मचारीलाई क्षमता अनुसारको प्रोत्साहन तथा रिक्कनाइज, विश्व बजारमा चलेका उच्चतम प्रविधि, ग्राहक फ्रेन्डी बहुउपयोगी प्रडक्टका कारण नबिलको ब्राण्ड इमेज बनेको हो ।

अनुभवी नेतृत्व र प्रतिष्ठित घरानाको लगानीले पनि ग्राहक तथा लगानीकर्ताको रोजाइमा नबिल बैंक परेको हो । नबिल बैंकभित्रको बलियो सिष्टम आज बैंकको अर्को ठूलो हो,जसले बैंकलाई यो मुकाम हासिल गरायो । त्यतिमात्रै होइन नबिलसँग नेपाल बंगलादेश बैंक गाभिएपछि नबिल बैंक नेपाल कै सबैभन्दा ठूलो क्यापिटल फन्ट भएको बैंक बनेको छ ।

हाल नबिल बैंकको चुक्ता पुँजी २७ अर्ब ५ करोड ७० लाख रुपैयाँभन्दा रहेको छ भने कुल पुँजी ५६ अर्ब ३८ करोड ४६ लाख रुपैयाँ रहेको छ ।

गत चैत मसान्तसम्मको तथ्यअनुसार बैंकले ग्राहकबाट ४ खर्ब ४० अर्ब ४३ करोड ६४ लाख रुपैयाँ निक्षेप परिचालन गरी ३ खर्ब ६८ अर्ब ७५ करोड ६६ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

 चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमासमा बैंकले ४ अर्ब ६६ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत चैतसम्म बैंकको खुद ब्याज आम्दानी १२ अर्ब ५५ करोड रुपैयाँ गरेको छ ।

बैंकको प्रतिसेयर आम्दानी २३ रुपैयाँ २४ पैसा रहेको छ । चैत मसान्तको विवरणअनुसार बैंकको कुल कर्जामा कुल निष्क्रिय कर्जाको अनुपात ४.०४ प्रतिशत र खुद निष्क्रिय कर्जाको अनुपात १.२७ प्रतिशत रहेको छ ।

यस अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ २ सय ८ रुपैयाँ ३९ पैसा रहेको छ । २०८० चैत मसान्तको कारोबार मूल्यका आधारमा दोस्रो बजारमा प्राइन अर्निङ (पीई) रेसियो १८.८५ रहेको छ । 

नबिल बैंकको लाभांश इतिहास

नबिल बैंकले आर्थिक वर्ष आर्थिक वर्ष २०६७/२०६८ मा ३० प्रतिशत नगद लाभांश वितरण गरेको थियो । उक्त आर्थिक वर्षमा बैंकले बोनस सेयर वितरण गरेको थिएन ।

यस्तै, बैंकले आर्थिक वर्ष २०६८/२०६९ मा सेयरधनीहरुलाई २० प्रतिशत बोनस सेयर र ४० प्रतिशत नगद गरी कूल ६० प्रतिशत लाभांश वितरण गरेको थियो ।

यस्तै, बैंकले आर्थिक वर्ष २०६९/२०७० मा सेयरधनीहरुलाई २५ प्रतिशत बोनस सेयर र ४० प्रतिशत नगद गरी कूल ६५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

यस्तै, बैंकले आर्थिक वर्ष २०७०/२०७१ मा सेयरधनीहरुलाई २० प्रतिशत बोनस सेयर र ४५ प्रतिशत नगद गरी कूल ६५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

यस्तै, बैंकले आर्थिक वर्ष २०७१/२०७२ मा सेयरधनीहरुलाई ३० प्रतिशत बोनस सेयर र ६.८४ प्रतिशत नगद गरी कूल ३६.८४ प्रतिशत लाभांश वितरण गरेको थियो ।

यस्तै, बैंकले आर्थिक वर्ष २०७२/२०७३ मा सेयरधनीहरुलाई ३० प्रतिशत बोनस सेयर र १५ प्रतिशत नगद गरी कूल ४५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

यस्तै, बैंकले आर्थिक वर्ष २०७३/२०७४ मा सेयरधनीहरुलाई ३० प्रतिशत बोनस सेयर र १८ प्रतिशत नगद गरी कूल ४८ प्रतिशत लाभांश वितरण गरेको थियो ।

यस्तै, बैंकले आर्थिक वर्ष २०७४/२०७५ मा सेयरधनीहरुलाई १२ प्रतिशत बोनस सेयर र २२ प्रतिशत नगद गरी कूल ३४ प्रतिशत लाभांश वितरण गरेको थियो ।

यस्तै, बैंकले आर्थिक वर्ष २०७५/२०७६ मा सेयरधनीहरुलाई १२ प्रतिशत बोनस सेयर र २२ प्रतिशत नगद गरी कूल ३४ प्रतिशत लाभांश वितरण गरेको थियो ।

यस्तै, बैंकले आर्थिक वर्ष २०७६/२०७७ मा सेयरधनीहरुलाई ३३.५ प्रतिशत बोनस सेयर र १.७६ प्रतिशत नगद गरी कूल ३५.२६ प्रतिशत लाभांश वितरण गरेको थियो ।

यस्तै, बैंकले आर्थिक वर्ष २०७७/२०७८ मा सेयरधनीहरुलाई ३३.६ प्रतिशत बोनस सेयर र ४.४४ प्रतिशत नगद गरी कूल ३८ प्रतिशत लाभांश वितरण गरेको थियो ।

यस्तै, बैंकले आर्थिक वर्ष २०७/२०७८ मा सेयरधनीहरुलाई ३३.६ प्रतिशत बोनस सेयर र ४.४४ प्रतिशत नगद गरी कूल ३८ प्रतिशत लाभांश वितरण गरेको थियो ।

यस्तै, बैंकले आर्थिक वर्ष २०७८/२०७९ मा सेयरधनीहरुलाई १८.५ प्रतिशत बोनस सेयर र ११.५ प्रतिशत नगद गरी कूल ३० प्रतिशत लाभांश वितरण गरेको थियो ।

यस्तै, बैंकले आर्थिक वर्ष २०७९/२०८० मा सेयरधनीहरुलाई ११ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।आर्थिक वर्ष २०७९/२०८०मा बैंकले बोनस सेयर वितरण गरेको थिएन ।

नबिलको ४० वर्षे यात्रा

बैंकले व्यवसायिक यात्राको थालनी ५ वर्ष पछि एनएबीएसवाईएस बैंकिङ सफ्टवेयरमा आधारित सेवाबाट सुरु गरेको थियो । नबिल नै पहिलो बैंक हो, जसले सन् १९९० मा मास्टर कार्डको म्यानुअल इम्प्रिन्टर (जिप–ज्याप) मेसिन सुरु गर्यो ।

सन् १९९२ मा बैंकले मास्टर कार्ड क्रेडिड कार्डको सुरुवात गरेको थियो । त्यसको अर्को वर्ष पछि बैंक भिसा कार्डमा गएको हो । बैंकले सन् १९९५ देखि नै एमटीएम प्रयोगमा ल्याएको छ । त्यसको लगत्तै सन् १९९७ मा बैंकले पीसीओ मेसिन र भिसा क्रेडिड कार्ड जारी गर्यो ।

बैंकले स्वफ्ट सर्भिस भने सन् १९९८ मा सुरु भएको हो । सन् २००३ मा फिनाकल कोर बैंकिङ, इन्टरनेट बैंकिङ र एबीबीएस सर्भिस सुरु गरेको थियो ।

सन् २००५ मा भिसा डेभिड कार्ड (इलेक्ट्रोन) जारी भयो । जसले डेभिड कार्ड प्रयोगकर्तालाई सहज बनायो । सन् २०११ मा बैंकले अनलाइन खाता खोल्ने प्रणलाीको विकास गर्यो र यूनियन पे अन्तर्राष्ट्रिय सेवा एटीएम नेटवर्किङ र पीओएसबाट प्रदान गर्ने पहिलो बैंक बन्न सफल भयो ।

साथै, सन् २०१२ मा थ्रीडी (सुरक्षित इ–कमर्स) लागू गर्ने पहिलो बैंक बन्यो । बैंकको मोबाइल एपको प्रयोग सन् २०१३ बाट गर्दै आएको छ । सन् २०१४ मा बैंकबाट जारी सम्पूर्ण कार्ड प्रतिस्थापन गरेर व्राण्डेड ईएमभी कार्डहरू जारी गर्यो र इन्टरनेट बैंकिङमा २ एफए (मोवीटोकन) सेवा लागू गरियो । माइक्रो फिल्ममा सिग्नेचरलाई डिजिटलाइजेशन गर्ने पहिलो बैंक पनि नबिल हो ।

सन् २०१५ मा अनलाइन कर्पोरेट भुक्तानी सेवाको सुरुवात भयो । सन् २०१७ मा इ–कमर्श प्राप्ति (भुक्तानी गेटवे) र नबिल भाइबर बैंकिङको शुभारम्भ गरियो ।

सन् २०१८ मा एनएफसी कन्ट्याक्टलेस कार्ड जारी गर्ने र युनियन पे इन्टरनेशनल क्यूआर सेवा प्रदान गर्ने पहिलो बैंक बन्न नबिल सफल भयो । सन् २०१९ मा फेसबुक प्लेटफर्मबाट च्याटबो ‘नबिना’ को शुभारम्भ, ७ दिन २४ घण्टा ग्राहक सेवा केन्द्र सुरु र एनएफसी कन्ट्याक्टलेस पीओएस मेसिन प्रयोगमा ल्याइयो ।

सन् २०२० मा बैंकको ३६ औं वार्षिकोत्सवको अवसरमा ‘नबिल डीजीबैंक’ स्थापनाको घोषणा, फोनबाट कर्जा स्वीकृत गर्ने पहिलो बैंक बन्यो, शाखा काउन्टरहरूमा क्यूआर मार्फत् ‘स्क्यान र विथडङ’ सेवा प्रयोगमा ल्याइयो र हरियो पिन प्रयोगमा ल्यायो ।

बैंकले सन् २०२१ मा ६ वटा नयाँ सेवाहरू सुरुवात गर्यो । जस अन्तर्गत नबिल स्मार्ट बैंक एममा कार्डहरू एकीकृत गर्ने पहिलो बैंक बन्न सफल भयो । नबिल नगद मेसिन (एनसीएम) प्रयोगमा ल्याइयो । कोर बैंकिङ प्रणाली फिनाकललाई १०.२५ मा स्तरोन्नति गरियो ।

त्यसरी नै नबिल डीजी बैंक पोटर्ल सार्वजनिक गरियो । अनलाइनबाटै ग्राहक पहिचान गरी खाता खोल्न सकिने सेवाको सुरुवात भयोे । भर्चुअल आईकार्ड जारी गर्न समेत नबिलले थालनी गरिसेकको छ । नबिल बैंकले ठूला परियोजनामा सहवित्तीयकरणको माध्यमबाट सेवा दिन २०४९ सालमै सुरु गरिसकेको थियो

सन् २०२२ मा एन बैंकको सुरुवात गरेर नबिलले नेपालमै पहिलो पल्ट नियो बैंकिङ सुरुवात पनि गरिसकेको छ ।

पछिल्लो ४० वर्षमा नबिल एक बैंक मात्र होइन नबिल मात्र नभई एक ब्राण्ड बनिसकेको छ। बैंकमा लगानी गर्ने सेयरधनीलाई सुरक्षित लगानी रहेको विश्वास दिलाउन सफल त बनिसकेको छ भने नबिलमा आफ्नो बचत राख्न पनि सर्वसाधारणलाई धुक्क बनाएको छ। देशको अहिलेको प्रतिकुल अवस्था, बजारमा देखिएको मन्दीका कारण अर्थतन्त्रमा देखिएको संकुचनलाई छिचोल्दै बैंकहरु नबिलको कुसल नेतृत्त्वदायी भुमिका निभाउन सफल होस्, नबिल बैंकलाई वार्षिकोत्सवको शुभकामना।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको