Like us!
Follow us!
Connect us!
Watch us!

डेडिकेटेड ट्रंकलाइन विवादः प्राधिकरणले काट्यो थप एक कम्पनीको बिजुली

अर्थ संसार

शुक्रबार, २८ असार २०८१, १३ : ०४ मा प्रकाशित

डेडिकेटेड ट्रंकलाइन विवादः प्राधिकरणले काट्यो थप एक कम्पनीको बिजुली

नेपाल विद्युत प्राधिकरणले बिहीबार राति थप एक कम्पनीको विद्युत लाइन काटेको छ ।

डेडिकेटेड फिडर तथा ट्रंकलाइनको १ अर्ब २८ करोड १४ लाख रुपैयाँ बक्यौता नतिरेको भन्दै प्राधिकरणले जगदम्बा स्टीलको लाइन काटिदिएको हो । प्राधिकरणले योसँगै ६ वटा उद्योगको लाइन काटेको छ । 

प्राधिकरणले गत मंगलबार रिलायन्स स्पेनिङ मिल्स, घोराही सिमेन्ट र अर्घाखाँची सिमेन्टको लाइन काटेको थियो । 
बुधबार जगदम्बा सिन्थेटिक र हुलास स्टीलको लाइन काटिदिएको थियो । 
प्राधिकरणका अनुसार घोराहीको ४० करोड ६८ लाख रुपैयाँ, रिलायन्स ६० करोड २९ लाख रुपैयाँ र अर्घाखाँचीको ३५ करोड ८८ लाख रुपैयाँ, जगदम्बा सिन्थेटिक्सको १६ करोड ४ लाख रुपैयाँ र हुलास स्टीलको ११ करोड २९ लाख रुपैयाँ बक्यौता छ । 
यो रकममा थप २५ प्रतिशत जरिवानसहितको बिल प्राधिकरणले उद्योगीहरुलाई पठाएको थियो । 

प्राधिकरणले २०७२ माघदेखि २०७५ वैशाखको डेडिकेटेड फिडर तथा ट्रंकलाइनको बक्यौता तिर्न पत्र पठाएको थियो । असार ९ गते ६ अर्ब ६० करोड ७८ लाख रुपैयाँको बक्यौता तिर्न १५ दिनको समय दिएर जानकारीसहितको पत्र पठाएको हो । प्राधिकरणले दिएको समय सोमबार सकिएपछि लाइन काट्न थालेको हो ।

मंगलबार उद्योगीहरुले पत्रकार सम्मेलन आयोजना गरेका थिए । प्राधिकरणले लाइन काट्ने तयारी गरेको जानकारी पाएपछि उनीहरुले पत्रकार सम्मेलन गरेका हुन् ।  उनीहरुले न्यायिक आयोगको सिफारिस कार्यान्वयन नगरेर नेपाल विद्युत प्राधिकरणले तर्साउने र धम्काउने काम गरेको भन्दै आपत्ति जनाए । उनीहरु उद्योगीहरुले प्राधिकरणले पठाएको बिल फर्जी भएको भन्दै तिर्न अस्वीकार गर्दै आएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको