Like us!
Follow us!
Connect us!
Watch us!

बेचन झा र प्रतीक थापा पक्राउ परेकैले सरकार ढल्योः रवि लामिछानेले

अर्थ संसार

शुक्रबार, २८ असार २०८१, १५ : ४० मा प्रकाशित

बेचन झा र प्रतीक थापा पक्राउ परेकैले सरकार ढल्योः रवि लामिछानेले

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सरकारले  फाइल खोल्दा नै वर्तमान सरकार ढलेको बताएका छन् । 

आजको प्रतिनिधिसभा बैठकमा बोल्दै लामिछानेले बेचन झा र प्रतीक थापाको पक्राउबाहेक सरकार ढलेको कुनै कारण नभएको बताएका हुन् । 

उनले आफूहरु चेकलिस्टसहित आएको तर कसैले त्यसलाई फेकलिस्ट भनेको गुनासो । आफूहरू सन्तुष्ट नभए पनि तीन(चार महिनामा जनताको पक्षमा इमान्दार भएर काम गरेको उनको दाबी छ ।

उनले भने, ‘आधार, प्रमाण, मुद्दा, उजुरी केही पनि नभएको केसमा म सहकारी ठग भनेर चिनिएँ । प्रमाणै प्रमाण बजारभरि भएको केसमा अब बन्ने सरकारले कसरी मुद्दा अगाडि बढाउँछ हेर्न बाँकी छ । हल्ला सुनिएअनुसार माननीय रमेश लेखक सम्भावित गृहमन्त्री हुनुहुन्छ रे । तपाईंले मलाई स्टन्ट गर्नुभयो भन्नुभयो । बाँसबारीको जग्गा, बालमन्दीरको जग्गा फिर्ता ल्याइएको छ, जनकपुरको जग्गाको अनुसन्धान सुरु भएको छ, पतञ्जलीको जग्गाको काम भएको छ, यसलाई अघि बढाउनुहोला, म तपाईंबाट यस्तो स्टन्टको अपेक्षा तपाईंबाट गर्छु ।’ ‘यही सदनमा उभिएर एकजना माननीयले भन्नुभएको थियो खोइ फाइल खोलेको ? फाइल खोलेको २४ घन्टामा सरकार ढाल्नुभयो कसरी खोल्ने ? सरकार के कारणले ढल्यो, हाम्रो सहमति के भयो भनेर ढाँट्नुभयो । यो देशको बच्चा बच्चालाई थाहा छ कसका कारणले सरकार ढल्यो । बेचन झा र प्रतीक थापाको पक्राउबाहेक सरकार ढलेको कुनै कारण जनतालाई थाहा छैन ।’ 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको