Like us!
Follow us!
Connect us!
Watch us!

सेयर लगानीकर्ताले नै चाहे जस्तो परिस्थिति बन्दा के बुल सुरु हुने लागेको हो ? (भिडियो)

अर्थ संसार

आइतबार, ३० असार २०८१, ०७ : २९ मा प्रकाशित

झन्डै १८ महिना लामो नेकपा माओवादी  केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रधानमन्त्रीको रुपमा कार्यकाल सकिसकेको छ। शुक्रबार संसदमा विश्वासको मत लिन असफल भएपछि  राष्ट्रपतिले नयाँ सरकारको लागि आह्वान गरिसकेका छन्। यता नेपाली काङ्ग्रेस र नेकपा एमालेको नयाँ गठबन्धनबाट  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीको लागि दावा प्रस्तुत गरिसकेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओली आउने चर्चासँगै सेयरबजार उचालिसकेको छ। निकै समय २०००को वरिपरि रहेको नेपालको सेयर बजार अहिले  नेप्सेले २२०० को ब्रेकआउट गरिसकेको छ। अझ अर्थमन्त्रीमा नेकपा एमालेकै विष्णु पौडेल आउने चर्चाले बजारमा उछाल आएको बुझिएको छ।

सेयर लगानीकर्ताहरूको मनोबल एकदम बढेको छ। र एमाले सरकार आएको कारण अब आउँदै गरेको मौद्रिक नीतिमा पनि यसको असर त्यो पनि सकारात्मक रुपमा देखिने  विश्लेषणहरू भएका छन्।

बजारमा लगानीकर्ताले नै खोजेको घटनाक्रम विकसित भइसकेपछि अब बजार कसरी बढ्ला प्राविधिक रुपमा कस्तो देखिन्छ नेप्से ? यस्तै किसिमका जानकारी सहित अर्थसंसारको साप्ताहिक कार्यक्रम बजारको चिरफार लिएर आएका छौं :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको