Like us!
Follow us!
Connect us!
Watch us!

सिटिजन्स बैंकको सेयर सर्वसाधारणलाई बिक्रीमा

अर्थ संसार

आइतबार, ३० असार २०८१, १० : ५६ मा प्रकाशित

सिटिजन्स बैंकको सेयर सर्वसाधारणलाई बिक्रीमा

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले संस्थापक सेयरधनीको नाममा रहेको चार हजार ४४०.८७ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ। बैंकले प्रतिकित्ता न्यूनतम १०३ रुपैयाँमै उक्त संस्थापक सेयर बिक्रीमा राखेको हो।

सेयर खरीद गर्न इच्छुक सर्वसाधारण वा संस्थाले ३५ दिनभित्र आवश्यक पर्ने कागजात सहित नारायणहिटी पथस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ ।

बैंकले यसअघि सोही सेयर संस्थापक सेयरधनीले मात्र खरीद गर्न पाउने गरी बिक्रीमा राखेको थियो । तोकिएको म्यादभित्र संस्थापकबाट सेयर खरीदका लागि आवेदन नपरेपछि सर्वसाधारणमा बिक्री खुला गरिएको हो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको