Like us!
Follow us!
Connect us!
Watch us!

वर्षभरिमा सरकारी वित्त,नाजुक राजस्व संकलन र पुँजीगत खर्च

अर्थ संसार

मंगलबार, ०१ साउन २०८१, १० : ३९ मा प्रकाशित

वर्षभरिमा सरकारी वित्त,नाजुक राजस्व संकलन र पुँजीगत खर्च

सरकारी वित्तमा यस वर्ष पनि ठूलो रकम घाटा भएको छ । अपेक्षित रूपमा पुँजीगत खर्च बढ्न नसकेको अवस्थामा पनि राजस्व संकलनमा कमी आउँदा सरकारको आम्दानी र खर्चको अन्तर लगातार फराकिलो बन्दै गएको हो ।

महालेखा नियन्त्रकको कार्यालयको तथ्याङ्क अनुसार असार ३१ गतेसम्म जम्मा १० खर्ब ३० अर्ब ३४ करोड ४३ लाख रुपैयाँ कूल राजश्व संकलन भएको छ । यो सरकारले तोकेको कूल राजश्व संकलनको लक्ष्यमा ७२.४३ प्रतिशत मात्रै हो । आव २०८०।०८१ का लागि कर राजश्वमा १३ खर्ब ५ अर्ब राजश्व लक्ष्य निर्धारण गरेको थियो । तर लक्ष्यको ७१ प्रतिशत मात्रै ९ खर्ब २७ अर्ब मात्रै राजश्व संकलन भएको छ । गैर कर बापत भने १ खर्ब ३ अर्ब रुपैयाँ संकलन भएको छ । 

यस्तै, पुँजिगत खर्च ऋणको किस्ता र ब्याज समेत तिर्न दुई खर्ब ६४ अर्ब ६३ करोड १६ लाख रुपैयाँ खर्च गरेको छ ।
गत आवका लागि कूल १७ खर्ब ५१ अर्बको बजेट बनाएको सरकारले कूल खर्च १४ खर्ब ०८ अर्ब ९८ करोड ५४ लाख रुपैयाँ मात्रै गरेको छ । जुन कूल बजेटको ७१.७६ प्रतिशत मात्रै खर्च भएको छ । सो मध्ये चालु खर्च ८३.४३ प्रतिशत भएको छ । 


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको