Like us!
Follow us!
Connect us!
Watch us!

प्रधानमन्त्री ओलीको सङ्केत : मौद्रिक नीति निजी क्षेत्र मैत्री हुने

अर्थ संसार

शनिबार, ०५ साउन २०८१, ०८ : १० मा प्रकाशित

प्रधानमन्त्री ओलीको सङ्केत : मौद्रिक नीति निजी क्षेत्र मैत्री हुने

 प्रधानमन्त्री केपी शर्मा ओलीले जनतामा रहेको निराशा चिरेर अर्थतन्त्रलाई सुदृढ बनाउनु नै सरकारको प्रमुख ध्येय भएको बताएका छन् ।

नेपाल उद्योग परिसङ्घका पदाधिकारीसँगको छलफलमा प्रधानमन्त्री ओलीले मुलुकमा देखिएका समस्या समाधान र केही परिवर्तनकारी काम गर्नका लागि आफ्नो नेतृत्वमा नयाँ सरकार गठन भएको बताए ।

एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले पदका लागि मात्रै आफू पुनः प्रधानमन्त्री जिम्मेवारीमा नआएको दाबी गरे ।  उनले भने- 'म यसअघि नै प्रधानमन्त्री बनिसकेको हो, पदका लागि मात्रै पुनः जिम्मेवारीमा आएको होइन, केही न केही नयाँ काम गरौँ, मुलुकको समस्या समाधानमा योगदान गरौँ भनेर जिम्मेवारी लिएको हो ।'

प्रधानमन्त्री ओलीले अर्थतन्त्रलाई सुदृढ र चलायमान बनाउनेतर्फ सरकारको विशेष रुचि र ध्यान रहेको बताउदै नेपाल राष्ट्र बैङ्कले ल्याउन लागेको मौद्रिक नीति निजी क्षेत्र मैत्री हुने सङ्केत गरे  ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको