Like us!
Follow us!
Connect us!
Watch us!

ट्रम्प फेरी राष्ट्रपति बनेमा काम गर्न सहज हुदैन- युक्रेनी राष्ट्रपति जेलेन्स्की

अर्थ संसार

शनिबार, ०५ साउन २०८१, १० : ३३ मा प्रकाशित

ट्रम्प फेरी राष्ट्रपति बनेमा काम गर्न सहज हुदैन- युक्रेनी राष्ट्रपति जेलेन्स्की

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले डोनाल्ड ट्रम्प फेरि अमेरिकाको राष्ट्रपति बने भने उनीसँग काम गर्न सजिलो नहुने टिप्पणी गरेका छन् ।

बीबीसीसँग कुरा गर्दै जेलेन्स्कीले चुनावपछि अमेरिकाको जिम्मेवारी लिने जोसुकैसँग पनि काम गर्न तयार रहेको बताउदै ट्रम्पले जितेमा काम गर्न सहज नहुने बताएका हुन् ।

राष्ट्रपतिका उम्मेदवार ट्रम्पसहित उपराष्ट्रपतिका उम्मेदवार बनेका ओहायोका सिनेटर जेडी भान्सले पनि युक्रेनमा के हुन्छ भन्ने वास्ता नगर्ने बताउदै युक्रेनमा युद्धको लागि आर्थिक सहयोगको विरुद्धमा रहेका छन् ।

अमेरिकी चुनावमा मनोनयनपछि नोभेम्बरमा हुने राष्ट्रपतीय निर्वाचनमा डोनाल्ड ट्रम्प विजयी भए युक्रेनका सम्बन्धमा अमेरिकाको नीति परिवर्तन हुने आशंका फेरि बढेको छ ।

जेलेन्स्कीले बीबीसीलाई युक्रेनमा वास्तवमा के भइरहेको छ भन्ने थाहा नभएको हुनाले अमेरिकासँग मिलेर काम गर्नुपर्ने बताए ।

हाल बेलायतमा रहेका जेलेन्स्कीले बेलायती प्रधानमन्त्री केयर स्टाररलाई पनि भेटेका थिए, जसले सम्भव भएसम्म युक्रेनको साथ रहने बताएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको