Like us!
Follow us!
Connect us!
Watch us!

६ उद्योगको लाइन आजै जोड्ने प्राधिकरणको निर्णय, तीन महिनाभित्र बक्यौता बुझाउनुपर्ने सर्त

अर्थ संसार

मंगलबार, ०८ साउन २०८१, १६ : २४ मा प्रकाशित

६ उद्योगको लाइन आजै जोड्ने प्राधिकरणको निर्णय, तीन महिनाभित्र बक्यौता बुझाउनुपर्ने सर्त

बक्यौता नतिरेको भन्दै उद्योगमा लाइन काटिएको १३ दिनपछि पुनः जोडिने भएको छ। सोमबार बिहान बसेको नेपाल विद्युत प्राधिकरण सञ्चालक समिति बैठकले ६ उद्योगमा लाइन जोड्ने निर्णय गरेको हो।

तीन महिनाभित्र बक्यौता बुझाउनुपर्ने सर्त राखेर तत्कालका लागि लाइन जोड्ने निर्णय सञ्चालक समितिले गरेको छ। ट्रकलाइन र डेडिकेटेडलाइनको विवादलाई लिएर प्राधिकरणले असार २५ र २६ गते ६ उद्योगमा लाइन काटेको थियो।

ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले आजै (मंगलबार)  नै उद्योगीहरुको लाइन जोड्ने बताए।
प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार नै प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङलाई लाइन जोड्न ठाडो निर्देशन दिए पनी घिसिङले अओलीको निर्देशनलाई इन्कार गरेका थिए । 
प्रधानमन्त्री ओलीले भने आफ्नो निर्देशन नमानेको भन्दै संसदमा संवोधनकै क्रममा प्रवन्ध निर्देशक घिसिङको कार्यशैलीप्रति आक्रोश व्यक्त गरेका थिए। उद्योगीहरू विद्युत प्रयोग गरेको प्रमाण मागिरहने र प्राधिकरणले प्रमाण नदिई लाइन मात्र काट्ने गरेको प्रति ओलीको आक्रोश थियो।

प्राधिकरणले २०७२ माघदेखि २०७५ वैशाखको डेडिकेटेड फिडर तथा ट्रंकलाइनको बक्यौता तिर्न उद्योगीहरुलाई पत्र पठाएको थियो । असार ९ गते ६ अर्ब ६० करोड ७८ लाख रुपैयाँको बक्यौता तिर्न १५ दिनको समय दिएर जानकारीसहितको पत्र पठाएको हो । 

उद्योगीलाई दिएको समय सकिएको भन्दै  प्राधिकरणले रिलायन्स स्पेनिङ मिल्स, घोराही सिमेन्ट, अर्घाखाँची,जगदम्बा सिन्थेटिक, हुलास स्टील र जगदम्बा स्टील लाइन काटिदिएको छ ।

उद्योगीहरु टाइम्स अफ डे मिटरिङ (टिओडी) मिटरको रेकर्ड मागिरहेका छन् । प्राधिकरणले दिन सकेको छैन। जसका कारण फर्जी बिल भन्दै तिर्न अस्वीकार गरिरहेका छन् ।


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको