Like us!
Follow us!
Connect us!
Watch us!

वेस्टमिन्स्टर कलेजमा पब्जी टुर्नामेन्ट हुँदै, प्राइज पुल ८० हजार

अर्थ संसार

बुधबार, ०९ साउन २०८१, ०६ : २६ मा प्रकाशित

वेस्टमिन्स्टर कलेजमा पब्जी टुर्नामेन्ट हुँदै, प्राइज पुल ८० हजार

कुपण्डोलस्थित द वेस्टमिन्स्टर कलेजले पब्जी टुर्नामेन्टको आयोजना गर्ने भएको छ । ब्रिटिस एजुकेशन ग्रुप अन्तर्गतको वेस्टमिन्स्टर कलेजले यही जुलाई २८, २९ र ३० तारिखको दिन कलेज हातामा प्रतियोगिताको आयोजना गर्न लागेको हो ।

तीन दिनसम्म चल्ने प्रतियोगितामा हालसालै सकिएको कक्षा १२, ए लेभल वा सीबीएसईको परीक्षामा सामेल भएका विद्यार्थीहरु सहभागी हुन सक्नेछन् । प्रवेश शुल्क नराखिएको यस प्रतियोगितामा सहभागी हुनको लागि खेलाडीहरुले व्यक्तिगत तरिकाले फर्म भर्नुपर्ने छ । अनलाईन फर्म कलेजको सामाजिक संजालहरुमा उपलब्ध छन् ।

प्रतियोगिताको पहिलो दिन ओरियन्टेशन र त्यसपछि बिभिन्न चरणका खेलहरु हुनेछ । प्रतियोगिताको गेमिङ पार्टनर टेनेट्स रहेको छ । 
विजेताहरुले ८० हजार रुपैयाँको प्राइज पुलबाट नगद पुरस्कार प्राप्त गर्नेछन् भने विजेता तथा सहभागीहरुले कलेजमा आकर्षक छात्रावृत्ति समेत प्राप्त गर्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको