Like us!
Follow us!
Connect us!
Watch us!

वेस्टमिन्स्टर कलेजमा भएको पब्जी टुर्नामेन्टको उपाधि ‘सम्धी ई–स्पोर्टस्’लाई

अर्थ संसार

शुक्रबार, १८ साउन २०८१, ०९ : ४२ मा प्रकाशित

वेस्टमिन्स्टर कलेजमा भएको पब्जी टुर्नामेन्टको उपाधि ‘सम्धी ई–स्पोर्टस्’लाई

कुपण्डोलस्थित द वेस्टमिन्स्टर कलेजले आयोजना गरेको पब्जी टुर्नामेन्टको उपाधि सम्धी ई–स्पोर्टस् टिमले जितेको छ । तीन दिनसम्म कलेज हातामा भएका खेलहरुसँगै सम्धी तालिकामा सर्वाधिक अंकसहित उपाधि जित्न सफल भएको हो ।

प्रतियोगितामा जम्मा १८ टिमको सहभागिता रहेको थियो । हरेक टिमले ९–९ वटा खेल खेल्दा सम्धी ८५ अंक सहित विजेता बन्न सफल भएको हो । विजेता टिमले ट्रफि, सर्टिफिकेटसहित नगद ३७ हजार रुपैयाँ प्राप्त गरेको छ ।

प्रतियोगितामा टुगेदर वि डोमिनेट टिम फस्र्ट रनरअप बन्न सफल भयो । रनरअप टिमले सर्टिफिकेटसहित २४ हजार रुपैयाँ प्राप्त गरेको छ । त्यस्तै, सेकेन्ड रनरअपको उपाधि रेकर्सले प्राप्त गरेको छ । रेकर्सले सर्टिफिकेटसहित १४ हजार रुपैयाँ प्राप्त गरेको छ । 

प्रतियोगिताको सर्वोत्कृट खेलाडी सुजन राई बन्न सफल भए । उनले सर्टिफिकेट सहित नगद ५ हजार रुपैयाँ प्राप्त गरेको छ । विजेताहरुलाई कलेजका प्रिन्सिपल अरुणलाल जोशी तथा ‘रश्मेकास्ट’का रश्मा महराले पुरस्कार प्रदान गर्नुभयो ।

कार्यक्रमपछि प्रतिक्रिया दिनुहुँदै वेस्टमिन्स्टरका कलेजका प्रिन्सिपल जोशीले भने, ‘यो कार्यक्रम कलेजका विद्यार्थीहरुबीच ई–स्पोर्टस् खेललाई प्रवद्र्धन गर्ने उदेश्यले आयोजना  गरिएको हो । विद्यार्थीहरुको सर्वाङ्गीण विकासको लागि भविष्यमा पनि यस्ता कार्यक्रमहरुको आयोजना गर्ने प्रतिवद्धता व्यक्त गर्दछु ।’
प्रतियोगिताको व्यवस्थापन टेनेट्स गरेको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको