Like us!
Follow us!
Connect us!
Watch us!

मौद्रिक नीतिः राष्ट्र बैंकले घटायो नीतिगत दर

अर्थ संसार

शुक्रबार, ११ साउन २०८१, १२ : ५८ मा प्रकाशित

मौद्रिक नीतिः राष्ट्र बैंकले घटायो नीतिगत दर

 

राष्ट्र बैंकले नीतिगत दरलाई घटाउने भएको छ ।  नीतिगत दर ५.५ प्रतिशतबाट ५.० प्रतिशत कायम गरिएको छ । यस्तै,  नेपाल राष्ट्र बैंकले बैंकदरलाई घटाएको छ । चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत केन्द्रिय बैंकले ब्याजदर करिडोरको माथिल्लो सीमाको बैंकदरलाई ७ प्रतिशतबाट ६.५ प्रतिशत कायम गरेको छ।

तर, ब्याजदर कोरिडरको तल्लो सीमाको रुपमा रहेको ३.० प्रतिशतको निक्षेप संकलन दरलाई यथावत राखेको छ । बैंकदरमा स्थायी तरलता सुविधा प्रदान हुने व्यवस्थालाई निरन्तरता दिँदै स्थायी तरलता उपलब्ध हुने शर्तहरुलाई लचिलो बनाइने मौद्रिक नीतिमा उल्लेख छ ।
बैंक तथा वित्तीय संस्थाले कायम गर्नुपर्ने अनिवार्य नगद अनुपात र वैधानिक तरलता
अनुपातसम्बन्धी विद्यमान व्यवस्थालाई निरन्तरता दिईएको राष्ट्र बैंकले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको