Like us!
Follow us!
Connect us!
Watch us!

आईपीओ निष्कासन गर्दै आरती पावर कम्पनी

अर्थ संसार

आइतबार, १३ साउन २०८१, ११ : ५३ मा प्रकाशित

आईपीओ निष्कासन गर्दै आरती पावर कम्पनी

आरती पावर कम्पनीले साधारण सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ ।

कम्पनीले साउन ३२ गतेका लागि बार्षिक साधारण सभा बोलाएको छ । सभामा सर्वसाधारणको लागि सेयर निष्काशन गर्ने प्रस्ताव रहेको छ ।

कम्पनीले सभामा वित्तीय विवरण स्वीकृत गर्ने, लेखापरीक्षण प्रतिवेदन पारित गर्ने, संचालक समिति चयन गर्ने प्रस्ताव पेश गर्ने भएको छ । सभामा कम्पनीको सेयर पुँजीको समुहगत वर्गीकरण संशोधन गर्न कम्पनीको प्रबन्धपत्रको दफा ६ को उपदफा ‘घ’ संसोधन गर्ने प्रस्ताव रहेको छ ।

कम्पनीको नियमालीको नियम २७ बमोजी संचालक समिति चयन गर्ने प्र्रस्ताव रहेको छ । यी प्रस्ताव पारित भएपछि कम्पनीले आईपीओ निष्कासन गर्ने छ । कम्पनीले भोजपुरमा १४‍.५ मेगावाट क्षमताको अपर इर्खुवा जलविद्युत आयोजना निर्माण गरिरहेको छ । सभा टोखाको पारिजात पार्टी प्यालेसमा हुनेछ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको