Like us!
Follow us!
Connect us!
Watch us!

लगानीकर्ताको उल्लेखिए सहभागितापछि सुमेरुले फ्रिमामा मास्टर क्लास गर्ने घोषणा

अर्थ संसार

बुधबार, १६ साउन २०८१, १५ : १५ मा प्रकाशित

लगानीकर्ताको उल्लेखिए सहभागितापछि सुमेरुले फ्रिमामा मास्टर क्लास गर्ने घोषणा

गत शुक्रबार इन्टरनेसनल एकेडेमी फर फाइनान्सियल स्टडिज (IAFS) ले ब्रोकर नम्बर ३९ सुमेरु सेक्युरिटीज सँग सहकार्यमा गत शुक्रबार नि:शुल्क मास्टर क्लास गर्ने तय गरेर २ बजे लगानीकर्तालाई आवहान गरेको थियो। 

उक्त दिन कक्षा लिन एक्दमै बाक्लो संख्यामा लगानीकर्ता उपस्थित भएपछि व्यस्थापनलाई हम्मे हम्मे नै परेको थियो। लगानीकर्ताको बाक्लो उपस्थिति भएपछि सुमेरुले विभिन्न चरणमा कक्षा संचलान गरेको थियो।  प्रशिक्षण कार्यक्रममा कलेज विद्यार्थीहरू, भखरै बजारमा लगानी गर्न सुरु गरेका नयाँ लगानीकर्ता, गृहणी, उद्यमी, इन्जिनियर देखि पुराना लगानीकर्ताको सहभागिता रहेको थियो। 

पूँजीबजारको हालको अवस्थाका बारेमा दीप थापाले विश्लेषण गरेका थिए र टेक्निकल विषयमा योगेश दारुकाले प्राविधिक विश्लेषणबारे कक्षा संचालन गरेका थिए। 

शुक्रबार लगानीकर्ताको उत्साह जनक उपस्थिति र सहभागिताले पनि यस खालको कार्यक्रमको आवश्यकता रहेको अनुभुति गरेर यस साताको शुक्रबार पनि मास्टर क्लास गर्ने सुमेरु सेक्युरिटिजका संचालक तथा सीएफए प्रियान्सु अग्रवालले गर्ने जानकारी दिए। 

सुमेरुका संचालक तथा सीएफए प्रियान्सु अग्रवालले कार्यक्रमको उद्देश्य र औचित्यको बारेमा प्रष्टाएका थिए। उनले गत साताको लगानीकर्ताको उपस्थितिले आफूलाई निकै नै उर्जा प्राप्त भएको बताए।  

कक्षामा उपस्थित लगानीकर्ता पनि सुमेरुले संचालन गरेको कक्षा देखि सन्तुष्ट देखिएका थिए।  कक्षामा उपस्थित मनिष कार्कीले भने यसखाले कक्षा ट्रडेरलाइ निकै नै प्रभावकारी र उपयोगी रहेछ। 'प्राविधिक देखि डाटा कसरी हेर्ने जानकारी पाए। ' उनले भने। 

शुक्रबार काठमाण्डौको ज्ञानेश्वरस्थित ज्ञानेश्वर टावरको आई.ए.एफ.एसको सुबिधा सम्पन्न कक्षाबाट सुमेरुले सेयर सचेतना संचालन गरिने छ। 

उनले अर्को साताको मास्टर क्लासको लागि नाम दर्ता गर्नका लागि अन्तर्राष्ट्रिय आर्थिक अध्ययन संस्थान (IAFS ) ज्ञानेश्वर, काठमाडौं, फोन नम्बरस् ०१-५९१९९३ वा सुमेरु सेक्युरिटीज ज्ञानेश्वर, काठमाडौं, फोन नम्बर ०१-५९१९९३९  वा ईमेल [email protected] मा इमेल गर्न लगानीकर्तालाई अनुरोध पनि गरेका छन्। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको