Like us!
Follow us!
Connect us!
Watch us!

पूर्वाधार विकास कार्यालयका सवइन्जिनियर थापासहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अर्थ संसार

मंगलबार, १५ साउन २०८१, १० : ३७ मा प्रकाशित

पूर्वाधार विकास कार्यालयका सवइन्जिनियर थापासहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वाधार विकास कार्यालय चौतारा, सिन्धुपाल्चोकका सवइन्जिनियर हिरा बाबु थापासहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

थापाले सेवाग्राहीसँग कमिसन बापत ८० हजार रुपियाँ माग गरी उक्त कार्यालयका सुपरभाइजर नहकुल शिवाकोटी र सुम्बा शेर्पालाई रकम लिन लगाएको भन्ने आरोप लागेको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम तीन जनाविरुद्ध सोमबार विशेष अदालत, काठमाडौँमा आरोप पत्र दायर गरिएको घिमिरेले बताए ।

दोलखाको विगु गाउँपालिका वडा नं.३ स्थित लाकुरी डाँडा पिपल डाँडा ग्रामीण सडकको स्तरोन्नति गर्नका लागि पूर्वाधार विकास कार्यालय, चौतारा, सिन्धुपाल्चोकसँग ठेक्का सम्झौता गरी आर्थिक वर्ष २०८०/८१ मा योजनाको काम सम्पन्न गरी भुक्तानी लिने क्रममा सो रकम माग गरिएको आयोगको विज्ञप्तिमा उल्लेख छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको