Like us!
Follow us!
Connect us!
Watch us!

जलस्रोत तथा सिंचाइ विभागका पूर्वइञ्जिनियर श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा

अर्थ संसार

आइतबार, २८ पुस २०८१, १४ : ०६ मा प्रकाशित

जलस्रोत तथा सिंचाइ विभागका पूर्वइञ्जिनियर श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा

जलस्रोत तथा सिंचाइ विभागका पूर्वइञ्जिनियर विष्णु कुमार श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार करिब पाँच करोड रुपैयाँ गैरकानूनी रुपमा आर्जन गरेको भन्दै उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

श्रेष्ठले लामो समय सिंचाइ तथा जल उत्पन्न प्रकोप नियन्त्रणका नाममा निर्माण हुने संरचनाहरुबाट ठेकेदारहरुसँग मिलेमतो गरी कमिसन लिई भ्रष्टाचार गरेको उजुरी परेको थियो । 

२०४६ सालमा सरकारी सेवा प्रवेश गरेका उनी २०७७ असारसम्मको अवधिमा गैरकानूनी रकम आर्जन गरेको अख्तियारको दाबी छ । यो अवधिमा उनले ११ करोड २५ लाख रुपैयाँ आर्जन गरेकोमा १६ करोड १३ लाख रुपैयाँको सम्पत्ति भेटिएको अख्तियारको दावी छ ।

अख्तियारले उनीमाथि चार करोड ८८ लाख रुपैयाँ बिगो मागदाबी गरेको हो ।

आफूले कमाएको सम्पत्ति पत्नी लक्ष्मीकुमारी, बाबु हरिकुमार श्रेष्ठ र आमा इन्द्रकुमारी श्रेष्ठका साथै छोरा विवेकको नाममा समेत राखेको भन्दै अख्तियारले उनीहरुलाई पनि प्रतिवादी बनाएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको