अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाका तत्कालीन अध्यक्ष र प्रमुख प्रशासकीय अध्यक्षसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगले तत्कालीन अध्यक्ष दीर्घ नारायण अर्याल र प्रमुख प्रशासकीय अधिकृत पुरण गुरुङसहित १२ जनाविरुद्ध गैरकानुनी लाभ तथा हानी पुर्याई भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको हो ।
स्थानीय बजार क्षेत्रको ढलान बाटोमा गुणस्तरहीन कार्य गरेको उजुरीमा अनुसन्धान पछि अख्तियारले भ्रष्टाचारको भएको पाइएको भन्दै मुद्दा दायर गरेको छ । आर्थिक वर्ष २०७५/७६ को योजना कार्यान्वयनका क्रममा गुणस्तरहिन काम भएको भन्दै अख्तियारले आर्थिक वर्ष २०७५/७६ मा २७ लाख र आर्थिक वर्ष २०७६/७७ मा ८ लाख ३४ हजार नोक्सान भएको दावी गरेको हो ।
गाँउापलिकाका अध्यक्ष अर्यालमाथि ३५ लाख ३९ हजार विगो मागदावी गरेको छ भने अरुका हकमा भने अख्तियारको फरक विगो मागदावी छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस