कामना सेवा विकास बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले विभिन्न संस्थापक सेयरधनीहरूको नाममा रहेको कुल ५१ हजार ५३४ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।
यो सेयर बैंकका कायम संस्थापक सेयरधनीले मात्रै किन्न पाउनेछन् । सेयर किन्न इच्छुक सेयरधनीले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ ।
तोकिएको समयभित्र संस्थापक सेयरधनीबाट आवेदन नपरेमा सो सेयर सर्वसाधारणलाई बिक्री बैंकले जनाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस