Like us!
Follow us!
Connect us!
Watch us!

भारतको हिमाचलमा वर्षापछि आएको भिषण बाढी पहिरोले ५० जना बेपत्ता

अर्थ संसार

विहीबार, १७ साउन २०८१, २१ : ०६ मा प्रकाशित

भारतको हिमाचलमा वर्षापछि आएको भिषण बाढी पहिरोले ५० जना बेपत्ता

भारतको हिमाचल प्रदेशमा वर्षापछि आएको भिषण बाढी पहिरोले कम्तिमा ५० जना बेपत्ता भएका छन् ।

भारतीय मिडियाहरुका अनुसार कम्तिमा दुई ठाउँमा बादल फुटेपछि ठुलो क्षति भएको बताइएको छ । बादल फुटेपछि आएको बाढी र पहिरोले धेरै घर, विद्यालय र अस्पतालमा क्षति पुगेको छ । त्यस्तै चार पुल र १५ घरमा क्षति पुगेको छ । 

मध्यरातमा बर्षासहित बादल फाटेपछि ठूलो जनधनको क्षति भएको स्थानीय प्रशासनले उल्लेख गरेको छ । अहिले सडक सञ्जाल ठप्प रहेको र बेपत्ताको संख्या समेत यकिन नभएको स्थानीय प्रशासनलाई उदृत गर्दै मिडिया रिपोर्टमा बताइएको छ । 

अहिले भारतीय सेना, प्रहरीको टोलीले उद्धार गरिरहेको छ । सडक भत्किएकाले राहत र उद्धारमा पुग्न नै कठिन भएको उल्लेख गरिएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको