Like us!
Follow us!
Connect us!
Watch us!

आइतबार सार्वजनिक बिदा,सेयर बजार, बैंक तथा वित्तीय संस्था बन्द रहने

अर्थ संसार

शुक्रबार, १८ साउन २०८१, १४ : ४६ मा प्रकाशित

आइतबार सार्वजनिक बिदा,सेयर बजार, बैंक तथा वित्तीय संस्था बन्द रहने

सरकारले साउन २० गते काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ । मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राका अवसरमा उपत्यकाका तीन जिल्लामा आइतबार सार्वजनिक बिदा दिएको गृह मन्त्रालयले जनाएको छ।

आइतबार ललितपुरमा रातो मत्स्येन्द्रनाथको भोटो जात्रा देखाइनेछ । जात्रा देखाइसकेपछि मत्स्येन्द्रनाथलाई रथबाट ओराली खटमा राखी बाजागाजासहित बुङमति पुर्‍याइन्छ । परम्पराअनुसार रातो मस्त्येन्द्रनाथलाई सूर्य दक्षिणायण हुँदा ६ महिना बुङमती र उत्तरायण हुँदा ६ महिना पाटनमा राख्ने चलन छ । 

आइतबार सार्वजनिक बिदा परेकोले आइतबार सेयर बजार, बैंक तथा बीमा कम्पनीका साथै सार्वजनिक निकाय बन्द रहनेछन्। अब सोमबारमात्रै सेयर कारोबार खुल्नेछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको