सरकारले भोलि अर्थात् माघ १ गते देशभर सार्वजनिक बिदा दिएको छ । थारु समुदायको माघी पर्वको अवसरमा मंगलबार देशभर बिदा दिइएको हो ।
यस कारण उक्त दिन सरकारी कार्यालय लगायत सेयर बजार, बैंक तथा वित्तीय संस्था बन्द हुनेछन् ।
माघी पर्वको पहिलो दिन अर्थात् पुस २९ गते जिता (सुँगुर) मार्ने र मिठो मसिनो खाएर पर्व मनाउने चलन रहेको पाइन्छ । यो माघी पर्व थारु समुदायको सबैभन्दा ठुलो पर्व हो । माघ महिनाबाट यो समुदायको नयाँ वर्ष सुरु हुने गरेकाले माघी पर्वलाई नयाँ वर्षको रूपमा पुस अन्तिम दिनदेखि माघ २ गतेसम्म धूमधामकासाथ मनाउने चलन रहेको पाइन्छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस