भूमे पर्वको अवसरमा लुम्बिनी प्रदेश सरकारले आज चार जिल्लामा सार्वजनिक बिदा दिएको छ । लुम्बिनी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद नेपालका अनुसार दाङ, रोल्पा, रुकुमपूर्व र प्यूठानका सम्बन्धित समुदायलाई बिदा दिइएको हो ।
भूमे पर्व विशेषगरी मगर समुदायले आफ्नो महत्वपूर्ण चाडका रूपमा मनाउँछन् । विगत वर्षहरूमा पनि प्रदेश सरकारले यस पर्वको अवसरमा सार्वजनिक बिदा दिँदै आएको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस