Like us!
Follow us!
Connect us!
Watch us!

विद्युत् प्राधिकरणको सञ्चालकमा गुरुङ र कार्की नियुक्त

अर्थ संसार

आइतबार, २० साउन २०८१, १७ : ५९ मा प्रकाशित

विद्युत् प्राधिकरणको सञ्चालकमा गुरुङ र कार्की नियुक्त

नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिमा महेन्द्र बहादुर गुरुङ र देवेन्द्र कार्की नियुक्त भएका छन् । आइतबार ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले उनीहरुलाई प्राधिकरणको सञ्चालकमा नियुक्त गरेको हो।

सञ्चालकद्वय भक्तबहादुर पुन र कपिल आचार्य पदमुक्त भएसँगै गुरुङ र कार्की नियुक्त भएका हुन्। मन्त्रालयले पुन र आचार्यलाई स्पष्टीकरण सोध्दै पदमुक्त गरेको हो।

सोसँगै स्पष्टीकरण सोधेको मन्त्रालयले चित्त नबुझेको भन्दै पदमुक्त गरेको थियो । उनीहरु पदमुक्त हुनासाथ नयाँ सञ्चालक नियुक्ति गरिएको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको